दुर्गेस थापा र शान्ति श्रीले मञ्च तताउदा दर्शक थामि नसक्नु

माघ १० गतेदेखि कृषी, व्यापार, पर्यटन र सांस्कृतिक पहिचानमा हाम्रो अभियान, भन्ने मूल नारासहित सुरु भएको तुलसीपुर महोत्सवमा सास्कृति कार्यक्रममा दर्शकहरुको आकर्षण बढेको छ ।
आफुले सुन्न चाहेको गित र गाँउने ब्यक्तिलाई प्रत्यक्ष देख्न सकिने भएकोले पनि महोत्सवमा दर्शकहरुको भिड पनि त्यति लाग्ने गरेको छ । 
आज शुक्रवार गायक दुर्गेस थापाले हामी पनि नाँच्नुपर्छ बिच्च बिच्चमा भन्ने गीत गाउदो दर्शकहरु मख्ख परेका थिए ।
गायिका शान्तिश्री परियार पनि के कम हुनुहुन्थ्यो । उहाले गलबन्दी च्यातियो तिमीले तानेर,बोलाउन खोजेको आफ्नै ठानेर भन्ने गीतले महोत्सव स्थल भित्रका दर्शकलाई ब्यबस्थापन गर्न सकसको अबस्था सृजना भएको थियो ।
त्यस्तै,गायक तथा संगितकार गोविन्द मधुर आचार्य,हास्य कलाकार ध्रुव कमेडी,मोडल अस्मिता पुरी, गायक रन दर्नाल लगाएतको प्रस्तुतीले दर्शकको मन जित्न सफल हुनुभएको थियो ।
शुरुको दिनमा महानायक राजेश हमाल मुख्य आकर्षक बन्नुभएको थियो । 
गायक पशुपति शर्मा,राधिका हमाल,हेमन्त शर्मा, टंक वुढाथोकी, अशोक दर्जी लगायतको प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन दिनुभएको थियो ।
महोत्सवमा हेलीकप्टर सेवा पनि सञ्चालन गरीएको छ । हेलिकप्टर मार्फत बिभिन्न पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन गर्ने ब्यबस्था मिलाएको मुल आयोजक समितिका संयोजक बिरबहादुर रावत बिरुले जानकारी दिनुभयो ।
तुलसीपुर महोत्सव माघ २० गतेसम्म र घोराहीको महोत्सव २२ गते सम्म सञ्चालन हुने छ ।
 

प्रतिकृया दिनुहोस