दाङमा १३ स्थानमा पार्क निर्माण गरिदै

दाङमा चालु आर्थिक बर्षमा १३ स्थानमा पार्क निर्माण गरिने भएको छ । गत आर्थिक बर्षमा २०७५/७६ मा भने २३ स्थानमा पार्क निर्माण गरिएका थिए । 
पर्यटन क्षेत्रको विकासका लागी चालु आर्थिक बर्ष २०७६।७७ मा पार्क निर्माण गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत संयोग बस्नेतका अनुसार घोराही उपमहानगरपालिकामा ६, तुलसीपुर उपमहानगरपालिकामा ४, दङ्गीशरण, बङ्गलाचुली र बबईमा १/१ पार्क निर्माण गर्न थालिएको हो ।
उहाँका अनुसार घोराहीमा मल्टिप्रपोच बोटानिकल गार्डेन, बाह्रकुने दहमा बहुउदेश्यीय पार्क निमार्ण, शहीद स्मारक पार्क, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, घोदौरामा सांस्कृतिक डबली र लखन थापा पार्क रहने छन् । 
तुलसीपुरमा बोटानिकल गार्डेन, चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सोन्दर्यकरण पार्क, छिल्लीकोटमा पर्यटकीय क्षेत्र संरक्षण र नवदुर्गा सामुदायिक वनमा आधुनिक ग्रिन पार्क रहने छन् ।
बङ्गलाचुलीमा पार्क निर्माण, दङ्गीशरणमा कल्चरल पार्क तथा सालिक निर्माण, पुरन्धारा झरना गुरुयोजना निमार्ण तथा पानी मुहान संरक्षण रहने बस्नेतले बताउनुभयो । 
तीमध्ये केही पार्क निर्माणको काम चलिरहेको र केही पार्क निर्माणका लागि सम्झौताको प्रक्रियामै रहेका उहाँको भनाइ छ ।
जिल्लामा पार्क निर्माणका लागि  ११ करोड बजेट छुट्याइएको छ । 
गत आर्थिक बर्षमा छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिर जानका लागि मन्दिर नजीक सिँढी निर्माण, बाह्रकुनेदहदेखि ज्यामिरेदहसम्म पुग्नका लागि सिँढीको स्तरोन्नति गरिएको थियो । 
धारापानीमा ताल निर्माण, २६ ठाउँमा थारूको भु¥यारथानमा स्तरोन्नति, थर्कोट डाँडामा बाटो निर्माण गरिएको कार्यालयले जनाएको छ । जिल्लाका धार्मिक वनअन्तर्गत सामुदायिक वनमा पर्यटन प्रवद्र्धनको काम पनि भएको छ ।

प्रतिकृया दिनुहोस