दाङका साँढे ७ सय जनाले तिन तहको निर्वाचनमा भागलिदा खर्चको भएको बिबरण बुझाएनन्

२ बर्ष पहिले भएका तीन तहको चुनावमा उमेद्ववार बनेका दाङका साढे ७ सय जनाले चुनावी खर्च विबरण अझै बुझाएका छैनन् । चुनाव भएको महिना दिनमा खर्च बिबरण बुझाउनु पर्ने भए पनि अहिले सम्म अझै दाङका ७ सय ४५ जना तत्कालिक उमेद्वारले खर्च बिबरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । 
स्थानिय तहका मात्रै २ हजार ३ सय ८२ जना उमेद्वार मध्य एक हजार ६ सय ७२ जनाले खर्च बिबरण बुझाए पनि अझै ७ सय १० जनाको बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । 
संघ, प्रदेश र स्थानिय तह निर्वाचनका क्रममा खर्च हुने रकमको निर्वाचन आयोगले सिमा निर्धारण गर्दै आएको छ ।
निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आचारसंहिताको व्यवस्था गरिएको छ । दाङबाट चुनाव लडेका प्रतिनिधी सभाका १३, प्रदेससभाका २२ र स्थानिय तहका ७ सय १० जना उमेद्वारले अझै खर्च बिबरण नबुझाएको निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कुँवरले वताउनुभयो ।
उमेद्ववारहरुले निर्वाचन परिणाम आएको एक महिना भित्र निर्वाचन खर्च बुझाई सक्नु पर्ने निर्वाचन आयोग नियमावली २०७३ को दफा २५ मा उल्लेख छ । उमेद्ववारले ३० दिन भित्र खर्चको सम्पुर्ण बिबरण बिल भरपाई सहित बुझाउने पर्ने हुन्छ । तर अधिकांश उमेद्वारहरुले यसको कुनै पालना गरेका छैनन ।

प्रतिकृया दिनुहोस