साईकल चढ्ने मोह बढदै

दाङमा साईकिल प्रतिको मोह युवाहरुमा बढ्दै गएको छ । ३० हजार देखी साढे २ लाख सम्म मुल्यका साईकल युवाहरुरुले प्रयोग गर्न थालेका छन् । त्यहि मूल्यमा मोटरसाईकल वा अलि थप गरे सानो गाडी समेत खरिद गर्न सकिन्छ तर शरिरलाई फाईदा र बाताबरणमा पनि राम्रो हुने भएकाले युवाहरुको साईकल प्रति मोह बढ्ेको हो । साईकलमा दैनिक २०/२५ कि.मी मनिङवाक गर्न थालेका छन् । तर उनीहरुले भने साईकल चलाउनको लागी प्राप्त मात्रामा बाटो नहुदाँ आफुहरुलाई ठुला गाडिहरुले हेप्ने गरेको गुनासो गर्ने गर्दछन् । भ्रमण बर्ष २०२० साल टेवा पुग्ने भन्दै तुलसीपुरदेखि पुरन्धारा झरना ६७ कि.मीे साईक्लिङ गरेका छन् ।
बाँकेको नेपालगंज, दाङको घोराही, तुलसीपुरका २०/२५ जनासहभागी थिए । साईकिलले मानविय स्वास्थ्यमा लाभ पुग्नुका साथै वातावरणको प्रदुशन समेत रोक्ने भएकाले यसको दिन प्रतिदिन मोह बढ्दै गएको नेपालगंज साईकिल क्लबका सचिब सुरेन्द्रदिप कार्की बताउनुभयो । 
कार्की सहित ४ जना साईकिल ¥यालीका लागि दाङ आउनु भएको   थियो । नेपालगंज क्लबका अहिले ७२ जना आवद्ध रहेको सचिव कार्कीले बताउनुभयो । 
दैनिक रुपमा ३५ कि.मी सम्म साईकिलमा यात्र गर्ने गरेको समेत उहाले बताउनुभयो । पुरुषहरुलाई मात्र नभई महिलाहरुमा समेत बिहानको सयममा साईकल चलाउने मोह बढ्दै गएको छ । दाङको घोराही निवासी रोशनी थापा र कृजना पुनले साईक्लिङ गर्न लागेको १ बर्ष भयो । स्वास्थ्यको लागी फाईदा हुने भएकाले विगत १ बर्षदेखी साईक्लिङ गर्दै आएको रोशनीले बताउनुभयो । अहिले सम्म ३० देखी १ सय कि.मी साईकलमा यात्रा गरेको उहाँले बताउनुभयो । 
दाङ जिल्ला साईक्लिङ संघका अध्यक्ष रेशम केसीले तुलसीपुर उदोग वाणिज्य संघले पर्यटन प्रबद्धनको लागी आयोजना गरेको साईलिक ¥यालीले आफुहरु एकदमै खुशी भएको बताउनुभयो । 
साईकिल स्वास्थ्यको लागी मात्र नभई बाताबरण र पर्यटनलाई समेत फाईदा पुग्ने उहाँले बताउनुभयो । दाङ ४० जना जति संघमा आबद्ध छन् ति मध्ये ५÷७ जना महिला छन् । 

प्रतिकृया दिनुहोस