कलाकारको प्रस्तुतीले नै महोत्सवमा मन जित्दै

तुलसीपुर महोत्सवमा कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन दिदै आएका छन् । ब्यबसायिक रुपमा सञ्चालन गरिएको महोत्सवमा(मेलामा) दर्शकहरुको ठुलो सहभागिता हुने गरेको छ । बिशेषगरि कलाकारीताको क्षेत्रमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले दर्शकहरुको मन जितेका छन् । 
आज सोमबार चर्चित गायक पशुपती शर्मा, राधिका हमाल,मौसमी राना,प्रंशास कडेल, सिर्जना खत्री,कमल गाउँलेलगायतको प्रस्तुति हुनेछ ।
महोत्सवको चौथो दिन आज सोमवार देखि हेलिकप्टर यात्राको ब्यबस्था गरीएको छ । हेलिकप्टर मार्फत तुलसीपुर बजार परिक्रमा ,स्वर्गद्धारी, धारापानी,पु्रन्धारा छहरा,खैरावाङ,कुपेण्डेताल,राराताल,से फोक्सुण्डो ताल लगाएतका पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रमतय गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक अध्यक्ष बिरबहादुुर रावत बिरुले जानकारी दिनुभयो ।
कृषिका स्टलहरुदेखि व्यवसायि स्टल सबै सामानले भरिएक छन् भने उपभोक्ताको पनि त्यतिकै घुईचो लाग्ने गरेको छ । 
उता घोराहीमा पनि महोत्वस सञ्चालनमा आएको छ । माघ १० गतेदेखि शुरु भएको तुलसीपुर महोत्सव माघ २० गते र घोराहीको महोत्सव २२ गतेसम्म सञ्चालन हुने छन् ।

प्रतिकृया दिनुहोस