११९ पेजको ज्ञापन पत्र र १२५० मिटर कपडा ज्ञापन पत्र

पर्यटन मन्त्री योेगेश भट्टराईलाई तुलसीपुर स्थीत टरिगाँउ एरपोर्टको प्रभाबकारी सञ्चालन र ब्यबस्थापनको माग गर्दै १२ सय ५० मिटर लामो कपडामा हस्ताक्षर र १सय १९ पेजको ज्ञापन पत्र बुझाईने भएको छ । 
तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको तुलसीपुर महोत्सवको उद्घाटन कार्यक्रममा भोली बिहीबार आउन लाग्नुभएका मन्त्री भट्टराईलाई टरीगाँउ एरपोर्टको नियमीत हवाईसेवा सञ्चालन,ईन्धन डिपो स्थापना र धावनमार्ग स्तरन्नोतिको माग गर्दै हस्ताक्षर र ज्ञापन पत्र बुझाउन लागिएको तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो ।
तुलसीपुर उद्योग बाणिज्य संघले टरीगाँउ एरपोर्ट सञ्चालनका लागि २०६४ सालदेखि दवावमुलक कार्यक्रम गर्दै आएको उहाले बताउनुभयो । 
हाल सम्म ५ जना प्रधानमन्त्री तथा पूर्बप्रधानमन्त्री,१२ जना बिभागिय मन्त्री,३० जना अन्य मन्त्री र शिर्ष नेता,मन्त्रालय,बिभागका बिशिष्ठ श्रेणिका कर्मचारी गरि १४ जनालाई पटक पटक ज्ञापन पत्र बुझाईएको उहाले जानकारी दिनुभयो ।
महायज्ञ,महोत्वस लगायतका कार्यक्रम गरि धवानमार्गमा कालोपत्रे गर्ने काम समेत गरिएको रिजालको भनाई छ । तुलसीपुर उद्योग बाणिज्य संघको पहलमा सिम्रीक र गोमायर सञ्चालनमा ल्याएको थियो । 
२०११ सालबाट नियमित सञ्चालनमा आएको टरीगाँउ एरपोर्ट २०४५ सालबाट बन्द भएको थियो । २०६० सालदेखि २०६६ सालबाट पुन ः नियमीत भएको हवाई सेवा २०६८ सालदेखि २ हप्ता सम्म सञ्चालन आएको थियो । २०७२ साल जेठ १४ गतेदेखि गोमा यरलाईन्ससगँ सम्झौता गरि सञ्चालन भएको थियो । २०७४ पुस २० गतेबाट सञ्चालनमा आएको समिट यरलाईन्सको बिमान २०७५ जेठ ६ गते सम्म सञ्चालन भएको थियो ।
त्यसपछि प्राबिधिक कारण देखाई पुनः हवाई सेवा बन्द भएको थियो । स्थानीय तहको निर्वाचन पछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे पहलमा सानो वडीको नेपाल यरलाईन्सको बिमान सञ्चालन आएको हो । बिगतमा हप्तामा एक पटक, त्यसपछि २ दिन र हाल दैनिक २ पटक हवाई सेवा सञ्चालन आएको छ । तर एरपोर्टको धावनमार्ग स्तरन्नोति  र ईन्धन डिपो सञ्चालन नहुदा हवाई सेवाको प्रभाबकारीता अझै राम्रो हुन सकेको छैन् ।

प्रतिकृया दिनुहोस