दाङमा मतगणना सम्पन्न

प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज विहिवार घोराहीमा भएको मतदानको गणना सम्पन्न भएको छ । ३ जना राष्ट्रिय सभासदस्यका उम्मेदवार नेकपाबाट गोपाल भट्टराई, अपांगता तथा अल्पसंख्यक तर्फ नेकपाका जगप्रसाद शर्मा, महिला तर्फ  नेकपाबाट बिमला घिमिरे निर्वाचित हुनुभएको छ ।
महिला नेकपा १ सय ४५,नेपाली काग्रेस ६६ले मत प्राप्त गरेका छन् । त्यस्तै,खाली ५ र बदर एक गरि २१७ मतदान भएको थियो ।
प्रदेश तर्पm नेकपा ६६ मत,काग्रेसले १९ मत प्राप्त गरेको छ भने मत पत्र खालि १ गरि जम्मा ८६ मतदान भएको थियो ।
३ जना राष्ट्रिय सभासदस्य निवाचित हुने प्रदेश ५ बाट ९ जनाले प्रतिस्पर्धा गरेका थिए ।
अन्य तर्फ ४ जना बिच भएको प्रतिस्पर्धाबाट भट्टराई राष्ट्रिय सभासदस्यमा बिजयी हुनुभएको छ ।
उहाँसगँ नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिरले प्रतिस्पर्धा गर्नुभएको थियो ।
अपांगता तथा अल्पसंख्यक तर्फमा तीन जना बिच भएको प्रतिस्पर्धामा नेकपाबाट जगप्रसाद शर्मा बिजयी हुनुभएको छ ।
उहाँसँग कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिष्पर्धा गर्नुभएको थियो ।
महिला तर्फ २ जना बिच भएको प्रतिस्पर्धामा नेकपाबाट बिमला घिमिरे बिजयी हुनुभएको छ ।
घिमिरेसँग कांग्रेसबाट गिरिजादेवी न्यौपानेले प्रतिस्पर्धा गर्नुभएको थियो ।
कुल ३ सय ५ जना मध्ये ३ सय ३ जनाले मतदान गरेका थिए ।
नेकपाकको स्थानीय तहमा १२८, प्रदेश सभा सदस्य ६१,नेपाली काङ्ग्रेसका स्थानीय तह ६८ र प्रदेश सभा सदस्य १९, समाजबादी स्थानीय तह १२ र प्रदेश ४ तथा बाकी राजपा र राजमोका छन ।

प्रतिकृया दिनुहोस