दक्ष जनशक्ति नहुदा बिकासले गतिलिन सकेन् ः मुख्यमन्त्री पोख्रेल

प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दक्ष जनशक्तिको बिना विकासले गतिलिन नसक्ने बताउनुभएको छ । तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज)को आज बुधबार तुलसीपुर १२ हरिपौरा दाङमा उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पोख्रेलले मुुलुकमा जनशक्ति प्रशस्त भएपनि दक्ष जनशक्तिको अभाव भई रहेको बताउनुभयो ।  रेल सञ्चालनको तयारी सरकारले गरी रहेको छ तर चलाउन सक्ने क्षमता भएका नागरीकको अभाबका कारण बिदेशी नागरिकलाई ल्याउनु पर्ने अबस्था सृजना हुने बताउनुभयो । 
शिक्षित नागरिकको कमी भने मुलुकमा नभएको बताएका मुख्यमन्त्री पोख्रेलले आधुनिक प्रबिधिलाई चलाउन सक्ने क्षमता भएका दक्ष नागरिकको उत्पादन गर्न तर्फ बिशेष ध्यान दिनुपर्छ । उहाँले भन्नुभयो, शिक्षाले नागरिकलाई सचेत बनाउँछ तर जीवन उपयोगी शिक्षा भए देश र आर्थिक सम्बृद्धिमा समेत टेवा पुग्ने छ । 
शिक्षा क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नमा कुनैपनि कमि नगर्ने पोख्रेलको भनाई छ । प्रदेश ५ सरकारले यस मेट्रो कलेजका लागि १० करोड बिनियोजन गरेको समेत उहाँले उक्त कार्यक्रममा जानकारी दिनुभयो ।
अर्को प्रसङमा मुख्यमन्त्री पोख्रेलले भन्नुभयो,बिश्वकै उत्कृष्ठ संबिधान २०७२ नेपाली नागरिकले प्राप्त गरेका छौं । तर निराश मानसिकताका कारण पछाडी परेको गुनासो गर्नुभयो ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको हो । कलेजले गत असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि वढाएको थियो ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कलेजमा यो वर्ष वन विज्ञानको तीन वर्षे कार्यक्रम सञ्चालन गरीएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
अन्य प्राविधिक शिक्षालय भन्दा सहुलियत दरमा विद्यार्थीलाई पठन पाठन गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको पाण्डेले बताउनुभयोे । कलेजमा चालु शैक्षिक सत्रमा २५ जनाले अध्ययन गरीरहेका   छन् । कर्णाली प्रदेशका बिभिन्न जिल्लाबाट समेत अध्ययन गर्न आएका नगरप्रमुख पाण्डेले बताउनुभयो ।
तुलसीपुर नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिएको छ ।
कलेजले पशुपति मावि हरीपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सहिद परिवार,द्वन्द्वपिडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिएको छ । 
कार्यक्रमको सञ्चालन नगर प्रक्ता एवं वडा नम्वर १२ का अध्यक्ष सुर्यबहादुर डाँगी (श्याम)ले गर्नुृभएको थियो ।
आजै मुख्यमन्त्री पोख्रेलले तुलसीपुर उपमहानगरपालिकाले नगर प्रोफाईल सार्वजनिक गर्नुभएको छ ।
उपमहानगरपालिकाले विभिन्न विषयसँग सम्वन्धित ताजा तथ्यांक उपलब्ध गराउनका लागि तयार पारेको प्रोफाईलको मुख्यमन्त्री पोख्रेलले सार्वजनिक गनुर््भएको हो ।
 

प्रतिकृया दिनुहोस