ताजा खबर :

समाचार

    दाङमा सिमेन्ट उद्योगको हव बन्दै, सिमेन्ट उद्योगको संख्या ३ पुग्यो

    दाङ, ३० बैशाख
     
     
    दाङमा सम्राट सिमेन्टले आज शनिबारदेखि उत्पादन शुरु गरेको छ । सम्राट सिमेन्टले उत्पादन शुरु गरेसगै जिल्लामा ३ वटा कारखानाले सिमेन्ट उत्पादन शुरु गरेका हुन । जिल्लाको दुधरासमा सोनापुर र घोराहीको लक्ष्मीपुरमा सगरमाथा सिमेन्ट यस अघि नै सञ्चालनमा आई सकेका   छन् । दाङ जिल्लाका ९ जना युवाहरुको १ अर्ब ६० करोड लगानीमा सम्राट सिमेन्ट उद्योग सञ्चालनमा आएको सञ्चालक टोपेन्द्र शर्मा करणले जानकारी दिनुभयो । 
    जर्मनी प्रबिधीको आधुनीक सिमेन्ट उद्योग लमही नगरपालीका वडा नम्वर ७ सतबरीया बन्कटीमा सञ्चालनमा ल्याएको हो । उक्त उद्योगले गत बैशाख ९ गतेबाट परिक्षण उत्पादन गरेको थियो ।धुलो र धुवा रहीत उद्योग दाबी गरिएको उक्त सम्राट उद्योगले दैनिक ३ हजार टन क्लिंकर र २ हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योगका सञ्चालक सदुन लामाले जानकारी दिनुभयो ।दाङ जिल्लाका उपभोक्तालाई लक्षीत गरि उत्पादन शुरु गरिएको उक्त सिमेन्टको उद्योगबाटै ७ सय ५ रुपैया र बजार मूल्य भने ७ सय १५ रुपैया काम हुने जनाईएको छ । यसैबिच उद्योग सञ्चालक समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षतामा आज शनिबार उद्योग परिसरमा सम्राट सिमेन्टका बारेमा सार्बजीकरण गरिएको छ । उक्त अबसरमा सञ्चालक एमडी बाशुदेब पाण्डेले अन्य सिमेन्ट र सम्राट सिमेन्टको फरकका बारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रमको सजीकरण सञ्चालक टोपेन्द्र शर्मा करणले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal