एमसीसी पारित हुन्छ ः देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जसरी पनि संसदबाट पारित हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज आईतबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुने विश्वास व्यक्त गर्नुभयोे । विकसित मुलकका लागि एमसीसी मुटु नै भएको उहाको जिकिर  छ । यो पारित भए विद्युत व्यापार र विस्तारमा महत्वपूर्ण कार्य हुने उहाले बताउनुभयो । 
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षका साथीलाई चित्त दुखाइ भएको आरोप लगाउनुभयो । उहाले भन्नुभयोे,’ कालापानी, लिपुलेक नेपालको हो भन्दा पार्टी्भित्रै विवाद बढाइयो ।’ उहाले वर्तमान सरकारले दुई वर्षसम्म राष्ट्रका लागि केही गर्न नसकेको आरोप लगाउनुभयो ।
उपभोक्ता समितिका नाममा समेत सरकारले भ्रष्टाचार गरेको उहाको आरोप छ । उहाले प्रदेश नं ५को स्थायी राजधानी छिटो तोक्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसले भद्र र सभ्य तरिकाले प्रतिपक्षको भूमिका निभाइरहेको भन्दै कुनै मुद्दालाई लिएर कांग्रेसले कुर्सी नभाच्ने बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस