समयानुकुल ऐन नियम नहुदा चलचित्र उद्योगको बिकास हुन सकेन् ः डाक्टर गिरी

चलचित्र बिकास वोर्डका पूर्ब अध्यक्ष डाक्टर अमर गिरीले चलचित्र विकासका लागि समयानुकल ऐन नियम हुन नसकेको बताउनुभएको छ । आज सोमबार तुलसीपुरमा चलचित्र पत्रकार संघ दाङको चौथो अधिबेसनमा सम्बोधन गर्नुृहुदै उहाँले २०२६ सालमा बनेको ऐन र २०५७ सालमा बनेको निमावलीले चलचित्र विकासमा काम भई रहेको बताउनुभयो । 
उहाले भन्नुभयो,राज्यले बिधेयक बनाई रहेको छ,पक्कैपनि बिगतको तुलनामा उक्त बिधेयक चलचित्र उद्योगको विकासमा टेवापुग्ने बिश्वास ब्यक्त गर्नुभयो । तर राज्यले नीति र नियम बनाएर मात्र नहुने बताएका डाक्टर गिरीले चलचित्र क्षेत्रलाई कर्म बनाएकाहरुले सृजनशीलतामा ध्यान दिनुपर्ने बताउनुभयो ।
अहिलेको अबस्थामा बार्षिक सँवा सय चलचित्र निर्माण हुन्छन् तर ६÷७ वटा चलचित्र मात्र बढी लोकप्रिया हुने गरेको उहाले बताउनुभयो । 
चलचित्र पत्रकार संघका केन्द्रीय संगठन बिभाग उपाध्यक्ष दिनेश सिटौलाले चलचित्र उद्योग मैत्री कानुनको अभावका कारण चलचित्रकर्मीहरु मर्कामा परेको बताउनुभयो । उहाले भन्नुभयो ३ महिना भयो, नेपाली चलचित्रहरु बन्द भएका छन् । अव कार्यनीति अनुमोदन भयो भने चलचित्र उद्योगले गतिलिने बिश्वास ब्यक्त गर्नुभयो । सोही अवसरमा नेपाल पत्रकार महासंघका दाङमा अध्यक्ष सविन प्रियासनले चलचित्र उद्योगको बिकासका लागि स्थानीय सरकारसँग समन्वय गर्न सके प्रभाबकारि हुन सक्ने बताउनुभयो । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले खालिखालि हुने गरेका सिनेमा हलमा दर्शकको संख्या बढाउन रणनीतिक योजना बनाउनुपर्ने सुझाब दिनुभयो ।
संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको चौथो जिल्ला अधिबेसन उद्घाटन कार्यक्रममा गीतकार एंव संगितकार लोकराज अधिकारी,रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मी,साहित्यकार डाक्टर लोकराज पराजुली,चलचित्र पत्रकार संघका पूर्ब सल्लाहकार शरद अधिकारी,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुलोचना गौतम,कान्तिपुर दैनिकका उप सम्पादक दुर्गालाल केसी,रोटरी क्लव तुलसीपुरका अध्यक्ष देवबहादुर केसी, एन प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष बिमल गौतम,सामुदायिक रेडियो प्रशारक संघका प्रदेश सचिब संगित बस्याल, रासस राप्तीका प्रमुख नारायणी रजौरे, संकल्प महिला सञ्चारका अध्यक्ष बसुन्धरा गौतम,गजलकार प्रबल बिष्ट लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुुभएको थियो ।
त्यसअवसरमा देवलोचन पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार संघ दाङका सचिब सन्तोष केसीलाई ११ हजार १ सय ११ रुपैयाले पुरस्कृत गरीएको थियो । 
त्यस्तै राष्ट्रिय रङग पत्रकारबाट संघक केन्द्रिय उपाध्यक्ष दिनेश सिटौला गीतकार तथा संगितकार लोकराज अधिकारी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबीन प्रियासन,पत्रकार दुर्गालाल केसी, खेमराज रिजाल,चलचित्र पत्रकार संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मी, संघका पूर्ब सल्लाहकार शरद अधिकारी,सल्लाहकार नारायणी रजौरे,साहित्यकार डाक्टर लोकराज पराजुली,युवा ब्यबसायि राजेन्द्र महतरा लगायतलाई सम्मान गरीएको थियो । 
संघको चौथो जिल्ला अधिवेशनवाट शिव पुन अध्यक्षमा सर्बसम्मतले चयन हुनुभएको छ । संघको उपाध्यक्षमा सन्तोष केसी,सचिवमा पुर्ण केसी,सह–सचिवमा निरला अर्याल,कोषाध्यक्षमा तिर्थराज चौधरी सर्बसम्मतले चयन हुनुभएको हो ।
अधिबेसनबाट भुपेस वली,मीना खड्का,राजेश खत्री र आशिष केसी सदस्यमा चयन हुनुभएको अधिबेसनका लागि चलचित्र पत्रकार संघको केन्द्रिय समितिबाट खटिनुभएका प्रतिनिधि दिनेश सिटौलाले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण सचिब सन्तोष केसीले गर्नुभएको थियो । चलचित्र पत्रकार संघ दाङमा २०६४ सालमा स्थापना गरीएको थियो ।
 

प्रतिकृया दिनुहोस