स्थापनाको १७ बर्षमा रेडियो तुलसीपुर

रेडियो तुलसीपुरले आज पुस २१ गते १७ औ बार्षिक उत्सव मनाउदैछ । राप्ती सञ्चार सेवा नामक संस्था जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भई सुचना बिभागबाट सामुदायिक रेडियो सञ्चालन अनुमति प्राप्त गरेको दिनको अवसरमा बार्षिकउत्सव मनाउन लागेको हो ।
२०६० साल पुस २१ गते रेडियो तुलसीपुरले ५ सय वाडको अनुमति प्राप्त गरेको हो । 
दाङमा दोस्रो र तुलसीपुर क्षेत्रमा पहिलो रेडियोको रुपमा सञ्चालनमा आएको रेडियो तुलसीपुरले राजनीतिक, आर्थिक, सामाजीक, सांस्कृति तथा सामाजिक न्यायको क्षेत्रमा समाचार र सुचना तथा सांगेतिक कार्यक्रमबाट नागरिकको अधिकारलाई सुशोचित गर्र्देै आएको छ । 
नागरिक र श्रोतको माग अनुसार रेडियोले समाचार,कार्यक्रम र सामाग्रीहरुलाई परिस्कृत गर्दै प्रशारण गर्दै आएको छ । 
बिगतमा भएका बिभिन्न आरोह र अवरोहमा समुदायको पहलमा रेडियो तुलसीपुरले समस्याको ब्यबस्थापन गरेको थियो । 
आगामी दिनमा पनि रेडियोको उन्नयनका लागि सबै पक्षसँग अपेक्षा गरेको छ । रेडियोलाई अझ ब्यबस्थीत बनाउने सन्र्दभमा र आम श्रोतको रुचि र आबश्यकतालाई महसुस गरि सबैको पँहुचका लागि अनलाईन सञ्चालनमा ल्याएको छ ।
यसैबिच राप्ती सञ्चार सेवाका शेयर सदस्यहरु,आमश्रोता,बिज्ञापन दाता,शुभेच्छुक प्रति रेडियो तुलसीपुरले कृतज्ञता ज्ञापन गरेको छ ।

प्रतिकृया दिनुहोस