बिप्लपका युवा नेता दाङबाट पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी युवा नेता अर्जुन शाही पश्चिम  पर्नुभएको छ । उक्त पार्टीको भातृसंगठन युवा संघ नेपालका जिल्ला सदस्य शाहिलाई शान्तिनगरको भलानेटीबाट प्रहरीले पक्राउ गरेको हो । तुलसीपुर–५ रानीजरुवा निबासी शाहीले शान्तिनगर गाउँपालिका–४ भलानेटीमा क्यारमबोर्ड खेलिरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । शाहीमाथि पश्चिम दाङमा एनसिएल टावरमा आगजनी र २०७४ मंसिर १२ गते तुलसीपुरमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान जानेगरी भएको भएको बम विस्फोटको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले बताएको  छ ।

प्रतिकृया दिनुहोस