६० औ बार्षिकत्सव तर पिउने पानी बिद्यालयमा छैन

स्थापना भएको ६० बर्ष पुगि सक्यो तर नेपाल राष्ट्रिय प्राबि केराघारी शान्तिनगरका बालबालिकाहरुले खोलाबाट बोकेर पानी पिउँन बाध्य   छन् ।
६० औ बार्षिकत्सवका अवसरमा हिजो बिहीबार आयोजीत कार्यक्रमका सहभागिहरुले पिउने पानीको ब्यबस्था अझैपनि हुन नसक्दा चिन्ता ब्यक्त गरेका छन् ।
पञ्चायत, बहुदल, राजाको प्रत्यक्ष शासन र गणतान्त्रिक ब्यबस्थाको समेत अनुभूति गरी सकेको केराघारीको उक्त बिद्यालयलमा अझैपनि पिउनका लागि केराघारी खोलाबाट गाग्रोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । खोलाको दुषित पानी गाग्रोमा बोकेर ल्याउनुपर्ने बाध्यता पनि बालबालिकाहरुकै हो । 
बिद्यालयमा शौचालय छ । तर पानी नहुदा खुल्ला दिशापिसाव गर्न बाध्य छन् ।
शिक्षक दरबन्दी १ जना,राहत १ जना र गाँउपालिकाबाट १ जना गरी  ३ जना शिक्षक कार्यरत बिद्यालय कक्षा ५ सम्म सञ्चालनमा छ । अधिकास दलीत र केही जनजाति समुदायका झण्डै ८५ जना बालबालिकाहरु अध्ययनरत उक्त बिद्यालयमा अन्य भौतिक पूर्बाधार निर्माणका काम भने भई रहेका छन् । 
बार्षिकत्सव बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिरबहादुर बिकको अध्यक्षता एबम प्रदेश सभासदस्य बिमला वलीको प्रमुख आतिथ्य,प्रदेश सभासदस्य धमकली चौधरीको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको हो । त्यसअवसरमा शान्तिनगरगाँउपालिकाका सामाजिक बिकास समितिका संयोजक धनबहादुर केसीले बिद्यालयमा आबश्यक पिउने पानी लगायतका पूर्बाधारका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा शिक्षीका लक्ष्मी बस्याललाई बिदाई र शिक्षक कृष्ण गौतमलाई स्वागत गरीएको थियो ।
बिद्यालयका बिद्यालयका प्रधानाध्यक मीनबहादुर केसीले बिद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक ढगबहादुर बिकले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस