कानुन बाधक होईन संरक्षक हो मुख्मन्त्री पोख्रेल

प्रदेश नम्वर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले कानुन कार्यान्वयनमा ब्यबहारीक पक्षलाई खोजेर समाधान गर्नुपर्ने बताउनुभएको छ ।
आज शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिकामा  सरोकारवाल सँग दाङको समग्र बिकासमा मुख्यमन्त्री पोख्रेलको बिशेष अन्तरक्रियामा उहाँले भन्नुभयो, जनप्रतिनिधि र बिकास योजना कार्यान्वयनमा कानुनलाई बाधक ठान्न हुदैन । कानुन संरक्षक हो,कानुनलाई फलोअप गर्दा संरक्षण गर्छ भन्ने बुझ्नुपर्छ उहाले जोड दिनुभयो ।  बिकासका लागि कानुन बाधक हुन सक्छ तर कार्यान्वयन गर्नुपर्छ, मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।
कुनै ठाँउमा विकास निमार्ण वा पूर्वाधार निर्माण गर्दा कहि कतैबाट रोक्ने वा अदालतले स्टे अडर ग¥योे भने त्यसले बिकासमा पार्ने असरका बारेमा पैरवी गर्नुपर्ने सुझाब उहाले दिनुभयो । कसैले रोक्यो भने चुप लागेर बस्न मिल्छ कि मिल्दैन,ब्यक्ति वा राज्यको हातमा स्टे अडर आयो भने आफ्नो पक्षमा पैरवी गर्नुपर्ने उहाले बताउनुभयो । त्यसका लागि जिल्ला तहमा प्रमुख जिल्ला अधिकारको नेतृत्वमा बैठक बस्ने ब्यबस्था छ । त्यसका लागि अन्तर कार्यालय समोजन हुने गर्छ,मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । सडकमा खानेपानिको पाईप पर्छ,बिजुलीको पोल पर्छ,राज्यको सम्पत्ति हो त्यतिबेला अन्तर कार्यालय समायोजबाट समस्या समाधान गर्नपर्ने बताउनुभयो । ब्यक्तिको सम्पत्तिमा मुआब्जा दिने तर राज्यको सम्पत्तिमा भने नदिने गरीन्छ,यो कस्तो हो,उहाले प्रतिप्रस्न गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दाङ,तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका,लमही नगरपालिका, बिभिन्न गाँउपालिका, जिल्ला प्रशासन कार्यालय लगायत जिल्लाका अधिकासं सेवाप्रदायक निकायले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । 
त्यसक्रममा जिल्लाको समग्र बिकासमा भईरहेका प्रगति,अवसर,चुनौति र संघीय सरकार,प्रदेश सरकार र स्थानीय तहबाट खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरीएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपप्रमुख माया शर्माले गर्नुभएको थियो भने सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सुर्यबहादुर डाँगी(श्याम)ले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस