माटोले छोपछाप पारेको ठुलो परिमाणको काठ बरामद

राप्ती गाउँपालिका वडा नम्वर ८ दोलैई खोला नजिकै माटोले पुरीएको अबस्था ठुलो परिमाणमा काठ बरामद गरीएको छ । राप्ती सव डिभिजन वन कार्यालय मसुरीया दाङका अनुसार सालको काठ ९ फिट लम्वाईका ५३ ईन्च गोलाई १०.९७ क्यू.फिट,सालको ४९ ईन्च गोलाई १० फिट लम्वाई १०.४२ क्यू फिट,सालको ४४ ईन्च गोलाई ६ फिट लम्वाई ५.०४ क्यू फिट,सालको काठ ३६ ईन्च गोलाई,७ फिट लम्वाई र ३.९४ क्यू फिट,साल ४२ ईन्च गोलाई ५ फिट लम्वाई ३.६५क्यू फिट,अन्य ३८ ईन्च र ३३ ईन्चका गोलाई,१२ र ४ फिट लम्वाई र ७.५२ र २.३६ क्यू फिट गरी कुल ४३.९ क्यु फिट काठ बरामद गरीएको हो । केही ब्यक्तिले अबैध रुपमा काठ तस्कर गर्न लागेको सुचनाको आधारमा खोजतलास गर्दा माटोले पुरेर राखेको अबस्थामा उक्त परिमाणको काठ बरामद गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उक्त काठ राप्ती सव डिभिजन वन कार्यालय मसुरीयाको जिम्मा लिएको र आबश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस