ताजा खबर :

समाचार

    गर्मी संगै बाँके जिल्लाको जनजीवन प्रभावित

    तुलसीपुर ४ बैशाख/
    अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । करिब ३८ डिग्री सेल्सियसको आसपास रहेको त्यहाँको तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन् । 
    गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको तथा बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । वैशाखको सुरुआतसँगै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन्। जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५र४० जना विभिन्न सरुवा रोगका बिरामी उपचार गर्न आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal