सेवाप्रदाकको पहिचानमा नागरिक

न्याय र सुरक्षा सम्बन्धि सेवा प्रदायक र समुदाय बिच सार्वजनिक संबाद कार्यक्रम राप्ती गाँउपालिकाको लालमटीमा सम्पन्न भएको छ । मधेस मानव अधिकार गृह (माहुरी होम ) कपिलबस्तुको आयोजना भीएसडी र डिएफआईडिको साझेदारीमा सञ्चालीत सहज परियोजनाको न्याय र सुरक्षा सम्बन्धि सेवा प्रदायक र समुदाय बिच आज शनिबार देउखुरीको लालमटीमा सार्वजनिक संबाद कार्यक्रम गरीएको हो ।
झण्डै ७५ बढी सेवाग्राहीको सहभागितामा भएको सार्बजनिक संबाद कार्यक्रममा राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी,पालिका उपाध्यक्ष एबम न्यायीक समितिका संयोजक जगदम्वाकुमारी चौधरी,उच्च अदालत तुलसीपुरका उपसचिब मानबहादुर बिष्ट,उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका शाखा अधिकृत दामोदर गौतम,राप्ती गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा,ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक गंगाबहादुर सारु,बिभिन्न वडाका अध्यक्ष र वडा सचिबहरुले सेवाप्रदायक निकायको तर्फबाट नागरिकलाई जानकारी गराउनुभएको थियो ।  त्यसअवसरमा गाँउपालिकाका अध्यक्ष सुबेदीले राप्ती गाँउपालिकामा न्याय र सुरक्षा सम्बन्धि कार्यक्रम झण्डै ३ बर्ष पुग्नै लागेको यो कार्यकालमा पहिलो पटक भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाले पालिकाको तर्फबाट,न्यायिक समितिबाट,पञ्जिकरण शाखाबाट गर्नुपर्ने कार्यको स्पष्टता भएको बताउनुभयो ।
न्यायिक समितिका संयोजक जगदम्वाकुमारी चौधरीले नागरिकको सरल र सहज न्यायमा पहुँच बनाउन प्रयत्नशील रहेको बताउनुभयो । उहाले सम्बन्धबिच्छेदको प्रक्रिया न्याय समितिमा नभएको तर मेलमिलाप गराई घरमा पुर्नमिलन गराउन सकिने जानकारी दिनुभयो ।
उच्च अदालत तुलसीपुरका उपसचिव मानवहादुर बिष्टले देवानी र फौजदारी संहिताको कानुनी ब्यबस्थाका बारेमा जानकारी दिनुभएको थियो । उहाले राज्यबाट पीडित भएको महसुस गरेका ब्यक्तिले बन्दी प्रतिक्षीकरण रिट दिन सक्ने र सम्पत्तिमा हुन सक्ने संम्भाबित क्षेतिलाई द्धष्टीगत गरी निषेधाज्ञाका लागि अदालत जान सकिने जानकारी दिनुभयो ।
कानुनी उपचारका लागि पैसा नभएका ब्यक्तिहरुका लागि सरकारी वकिलको संयोजकत्वमा गठन भएको कानुनी सहायता,कानुन ब्यबसायिहरुको र अदालतले जिम्मेवारी दिएको वैतनीक कानुन ब्यबसायिको सहयोग लिन सक्ने जानकारी दिनुभयो ।
उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका शाखा अधिकृत दामोदर गौतमले घटना दर्ता गर्न पञ्जकृत अधिकारीहरु (वडा सचिब)लाई आग्रह गर्नुभयो । स्थानिय तहमा आएका बहुबिबाह र बाल बिबाहका घटना दर्ता गर्न उहाले आग्रह गर्नुभयो । तर घटना दर्ता गर्न नसक्ने सचिबहरुले गरेको भनाईको गौतमले प्रतिबाद गर्नुहुदै कानुन कार्यान्वयन गर्नपर्ने बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख,प्रहरी निरिक्षक गंगाबहादुर सारुले लेनदेन,ठगी,बैदेशीक रोजगार लगायतका घटना दर्ता गर्न कानुनी रुपमा प्रहरीले नमिल्ने जानकरी दिनुहुदै सबैभन्दा राम्रो अदालतमा जानु उपयुक्त हुने भनाई राख्नुभयो ।
गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले लैङिगकता,जेष्ठ नागरिक,अपाङता,वालवालिका,युवा लगायतको शिर्षकमा बजेट तथा योजनाको ब्यबस्था गरीएको र अझ ब्यबस्थीत र प्रभाबकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा देवबहादुर महरा,गोमा केसी,सुनीता मल्ल,हस्तबहादुर गुरुङ,मेनुका शर्मा,बिष्णु गुरुङ,दामोदर पोख्रेल,बिद्याचरण चौधरी,तारा चौधरी लगायतले कानुनी अडचन र नागरिकको पहुँचका बारेमा चासो ब्यक्त गर्नुभएको थियो ।
गाँउपालिकाका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य माहुरी होमकी पुष्पा बन्जाडे र सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो ।।
 

प्रतिकृया दिनुहोस