प्रदेश ५ को सुरक्षा भेला बुटवलमा शुरु

बुटवल– प्रदेश ५ को सुरक्षा गोष्ठी अस्थायी राजधानी बुटवलमा सुरु भएको छ । सुरक्षा गोष्ठीको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको शुरक्षा बलियो भएमात्र राष्ट्रिय सुरक्षा बलियो हुने दावी गरे ।
मुख्यमन्त्री पोखरले स्थानीयस्तरमा हुने ससाना घटनाले पनि ठुलो समस्या ल्याउने भन्दै प्रदेश सुरक्षा बलियो भएमात्रै राष्ट्रियता बलियो बन्ने बताए ।

कञ्चनपुर घटनाको उदाहरण दिदै मुख्यमन्त्री पोखरेलले पाँच नम्बर प्रदेशमा बिगतको तुलनामा शान्ति शुरक्षा बलियो भएको दाबी गरे ।  

संविधानको व्यवस्थाअनुसार प्रदेश सरकारले केही कानुन निमार्ण गरिहेको भन्दै त्यस्ता कानुनहरु जनताको शुरक्षा र समृद्धिका लागि नै भएको उनको भनाई छ ।  

‘प्रदेश सरकार बनेको ७ महिना भयो, यो अवधिमा नागरिकहरुमा आशा बढेको छ । केही महिना अघिसम्म साना कामका लागि पनि काठमाडौ जाने बाध्यता अब हटेको छ’ मुख्यमन्त्री पोखरेलको भनाई छ । 

आन्तरिक तथा कानुन मन्त्रालयको आयोजनामा भएको गोष्ठीमा पाँच नम्वर प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च तहका अधिकृतहरु सहभागी छन् । 

प्रतिकृया दिनुहोस