हेमोडायलाइसिस सेवा सञ्चालनमा

लसीपुर ११ चैत/

दाङ जिल्लामा पहिलोपटक हेमोडायलाइसिस सेवा सञ्चालन हुन थालेको छ ।

मृगौला रोगीहरुका लागि नेपाल सरकारले धेरै सरकारी स्वास्थ्य संस्थाहरुमा मृगौलाको निःशुल्क प्रारम्भिक स्वास्थ्य उपचारलाई सहज बनाउन निःशुल्क रुपमा हेमोडायलाइसिस सेवा सञ्चालन गर्ने लक्ष्य लिएको हो । सम्भवतः घोराहीको उपक्षेत्रीय अस्पतालमा वैशाख महिनाको पहिलो सातादेखि हेमो डायलाइसिस सेवा सञ्चालनमा आउने अस्पताल व्यवस्थापनले जनाएको छ ।

आजै हेमोडायलाइसिसका लागि आवश्यक सामानहरु आइपुग्दै छन्, वैशाख पहिलो साताभित्रै यो सेवा सञ्चालनका लागि तयारी गरिरहेका छौं, उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनार्दन पन्थीले भने । सम्भवतः स्वास्थ्य मन्त्री गगन थापाले सो सेवा शुभारम्भ गर्ने समेत अस्पतालले तयारी गरिरहेको छ ।

स्वास्थ्य मन्त्री थापा पनि त्यसमा सकारात्मक देखिएका छन् । यही हेमोडाललाइसिस सेवा सञ्चालन भएमा मृगौला खराब भएका धेरैबिरामीहरुलाई ठूलो राहत मिल्ने छ । मृगौला प्रत्यारोपण गर्ने अवस्थामा पुगेका विरामीहरुलाईपनि केही दिन टिकाउन हेमोडायलाइसिस सेवा अत्यावश्यक उपचार सेवा हो ।

यसअघि मृगौला फेल भएका विरामहीहरु हेमोडाइलाइसिस सेवाका लागि राजनधानी लगायत विदेश समेत जानुपर्ने बाध्यता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस