पत्रकार सरीता चौधरीकी हजुरआमा परमेश्वरीको निधन

रेडियो तुलसीपुरमा कार्यरत सरीता चौधरीको हजुर आमा परमेश्वरी चौधरीको ७६ बर्षको उमेरमा आज सोमबार  विहान निधन भएको छ । उहाँको निधनप्रति भएको यस दुःखद क्षणमा रेडियो तुलसीपुर हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोकाकुल परिवारमा रेडियो तुलसीपुर हार्दिक समवेदना प्रकट गर्दछ । 
उहाँको श्रीमान ३ छोरा   र ३ छोरीहरु  हुनुहुन्छ  । उहाँ स्वर्गीय पत्रकार हिरामणि चौधरीको पनि आमा हुनुहुन्छ । ३ पर्ष पहिले पत्रकार चौधरीको निधन भएको थियो ।  विगत १० वर्षको लामो समयसम्म रेडियो तुलसीपुरमा काम गर्नु भएको थियो । 
यसैविच थारु पत्रकार संघ दाङकी सदस्य रहेको सरीता चौधरीको हजुरआमाको निधनप्रति पत्रकार संघ दाङले श्रद्धाञ्जली व्यक्त गरेको छ । 
 

प्रतिकृया दिनुहोस