उपनिर्वाचनमा ७३,१७२ जना मतदाता,मौनअवधि शुरु हुन बाँकी समयमा प्रचारमा तिव्रता

प्रदेश सभासदस्य पद एक  र वडा अध्यक्ष पद एक गरि दुई पदका लागि दाङमा हुन लागेको उपनिर्वाचनमा ७३ हजार १ सय ७२ जना मतदाता छन् । त्यसमध्ये महिला ३७ हजार ३ सय ५ जना र पुरुष ३५ हजार ८ सय ६६ जना हुने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर १६मा महिला २ हजार ३ सय ६५ र र पुरुष मतदाता २ हजार ८८ गरी ४ हजार ४ सय ५३ जना मतदाता छन् । दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभासदस्य पदका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १,२,१० र ११ नम्वर वडामा महिला ८ हजार १ सय ६५ र पुरुष ७ हजार ९ सय ५ जना गरी १६ हजार ७१ जना मतदाता छन् । दंगिशण गाँउपालिकामा ७ हजार ९ सय ८९ महिला र ७ हजार ७ सय १५ जना पुरुष गरी १५ हजार ६ सय ९६ जना,बबई गाँउपालिकामा ९ हजार २ सय ८३ महिला र ८ हजार ८ सय २० जना पुरुष गरी १८ हजार १ सय ३ गरी कुल ६८ हजार ७ सय १९ जना मतदाता दाङ क्षेत्र नम्वर ३ (ख) प्रदेश सभासदस्य पदको लागि हुने छन् ।
                                   मतदानका दिन १३ घण्टा सवारी साधानमा रोक
मंसिर १४ गते दाङमा हुन गई रहेको उपनिर्वाचनमा १३ घण्टा सम्म सवारीका साधन सञ्चालनमा रोक लाग्ने भएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडा अध्यक्ष पदको उप निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष,धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदान हुने दिन मंसिर १४ गते आपतकालिन अबस्थाका सवारी साधानहरु बाहेकलाई बिहान ५ बजेदेखि ६ बजेसम्म चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ को हकमा तुलसीपुर घोराही सडकखण्डको रतनपुरचौकदेखि पश्चिम,गुर्जेखोलादेखि पूर्ब,लगायत वडा नम्वर १६ का मतादन हुने सम्पूर्ण क्षेत्रमा सवारी साधान चलाउनमा रोक लगाएको हो । 
त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर ३(ख) को हकमा अमिलिया तुलसीपुर सडकखण्डको अमिलियादेखि जसपुर र तुलसीपुर सुर्खेत सडकखण्डको तुलसीपुर उपमहानगरपालिकाको गहतेखोलादेखि पश्चिम सल्यान दाङ सिमानादेखि पूर्ब प्रदेश सभा क्षेत्र नम्वर ३(ख)का मतदान हुने सम्पूर्ण क्षेत्रहरुमा सवारी साधान चलाउन रोक लगाएको प्रूमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । तर आपतकालिन सवारी साधानहरु,बिरामी बोक्ने एम्बुलेन्स र उक्त दिन गाडी चलाउन पास लिएका सवारी साधानहरुलाई भने चलाउन दिईने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

                             प्रचारप्रसारमा ब्यापक्ता 
मौन अवधि शूरु हुने र उपनिर्वाचनमा मतदानका लागि ४ दिन भन्दा कम समयमात्र बाँकी रहदा आफ्नो पक्षमा माहौलन बनाउन उम्मेदवार र उनका पक्षधर प्रचार प्रसारमा जुटेका  छन् ।
मंसीर १४ गते दाङ लगायत ३७ जिल्लामा हुन लागेको उपनिर्वाचनलाई द्धष्टीगत गर्दै चुनावी मैदानमा उत्रिएका पार्टी र उम्मेदवार चुनावी कार्यक्रममा ब्यबस्त छन् । 
दाङ क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य पदका लागि १२ वटा बिभिन्न पार्टी र २ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन ।
प्रदेश सभासदस्य पदका लागि नेकपाका बिमला वली र नेपाली काग्रेसबाट केशवराज आचार्य हुने बिश्लेषण गरिएको छ । 
नेकपाका बिमला वलीको राजनीतिक यात्रा अत्यन्त छोटो अवधिको छ । 
तर उहालाई वर्तमान सरकारको सत्ता र शक्तिले साथ दिने छ । भने काग्रेसका केशव आचार्यको राजनीतिक यात्रा करिव ४ दशक बढि रहेको बताईन्छ । 
नेकपाकी बिमला र उहाँको पक्षधरले सूर्य चिन्हमा मतदान गराउन दिवंगत श्रीमान उत्तरकुमार वलीको नाममा सहानुभूतिको मत जुटाउन र केशव र उहाँको पक्षधरले रुख चिन्हमा मतदान गर्न त्यागि, परिपक्क, प्रखर बक्ता र शालिनताको नाममा रणनीति बनाई मतदाता आफ्नो पक्षमा जुटने प्रयत्नमा हुनुहुन्छ ।
त्यसबाहेक राप्रपाका भुपाल रावत,राप्रपा संयुक्तका छोटीलाल चौधरी,समाजबादी पार्टीका डिल्लीबहादुर डाँगी, नेकपा मालेका हरिप्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, साझा पार्टीका शिवकुमार चौधरी, जनमुक्ति पार्टीका धनराज सुनार,मंगोलियन नेशनल अर्गनाजेसनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रीक पार्टीका झरेन्द्रबहादुर खत्री, नेपाली काग्रेस (विपी)का दीपक धिताल,स्वतन्त्र उम्मेदवारद्धय टीकाराम आचार्य र गोबिन्द केसीले चुनावी माहौल आफ्नो पक्षमा बनाउन प्रयत्न गर्नुभएको छ । 
चुनावी मैदानमा होमिएका सबै पार्टी र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचार प्रसारलाई ब्यबस्थीत गराउन बिभिन्न समिति गठन गर्ने र चुनावी कार्यक्रममा ब्यस्त भएका खबर प्राप्त भएका छन् ।
यस्तै, घोराही उपमहानगरपालिका वडा नम्वर १६ का अध्यक्ष पदका लागि नेकपाबाट सुरेश बहादुर केसी,नेपाली काग्रेसका ताराबहादुर डाँगी,राप्रपाका प्रकास केसी,समाजबादी पार्टीबाट बिमला पुन र नेकपाको असन्तुष्ट पक्षबाट स्वतन्त्रमा जगलाल चौधरी,स्वतन्त्र उम्मेदवार समीर वली र पहलमान आले चुनावी माहौल बढाउनुभएको छ ।
दाङ निर्वाचन क्षेत्र नम्वर ३ (ख) मा ६८ हजार ७ सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं १६ मा ४ हजार ४ सय ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । 
जिल्लामा एक प्रदेशसभा सदस्य र एक वडा अध्यक्षका लागि दुई स्थानमा ३४ मतदान स्थल र ४२ मतदान केन्द्रहरू तोकिएको छ । 
त्यस मध्येका प्रदेशसभा सदस्य पदका लागि हुने ६ वटा निर्वाचन स्थललाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील क्षेत्रको रूपमा राखिएको छ ।
 

प्रतिकृया दिनुहोस