केपी शर्माको राष्ट्रबाद कालपानिमा लम्पसारबाद ः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी लिपुलेख र लिम्पीयाधुरा सीमा अतिक्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबादलाई समाप्त गरीदिएको बताउनुभएको छ । नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ ९ख० प्रदेश सभा सदस्यको उपनिर्वाचनको चुनावी सभालाई पश्चिम दाङको श्रीगाँउमा आज सोमबार सम्बोधन गर्नुहुदै पूर्ब प्रधानमन्त्री देउवाले भन्नुभयो,राष्ट्रबादको नारा लगाएर मत बटुुलेका केपी शर्माको राष्ट्रबाद कालपानिमा गएर समाप्त भएको छ । भारत सरकारसँग नेपालको भूमि मिच्चन पाईदैन भनेर शिर उच्चो गरी भन्ने नसक्ने अबस्थामा ओली जी हुनुहुन्छ,उहालाई के ले प्रभाब पारेको छ,देउवाले भन्नुभयो । उहाले बिकास निर्माणले गति लिन नसकेको,भ्रष्टाचार मौलाउदै गएको,हत्या बलत्कारले प्रसय पाएका समेत आरोप लगाउनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृत्वको सरकारले राणा शासनको झझल्को दिने गरेको बताउनुभयो ।
राणा शासकको पथमा हिडेर ओली नेतृत्वको सरकारले देशलाई साम्यबादको बाटोमा लैजान खोजेको अनुभूति नागरिकहरुले गरीरहेको नेता पौड््ेलले बताउनुभयो ।
एक पछि अर्को गर्दे लोकतन्त्रको मुल्य मान्यतालाई समेत कम्युनिष्ट सरकारले उल्ट्याउदै गएको उहाले आरोप लगाउनुभयो ।
द्धन्दकालमा ठूलो लडाई लडेर नेपाली काँग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको तर अहिलेको सरकारले त्यसलाई उल्टोबाटो साम्यबाद तर्फ लैजान खोजेको दोषारोपण गर्नुभयो ।
यो सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको बताउनुभयो ।
भारतले निकालेको नयाँ नक्सा सच्याउन प्रति कुटनीतिक पहल थाल्न नसकेको तर बाहिर बाहिरी मात्रै बोलिरहेको भन्दै आलोचना गर्नुभयो  ।चुनावी सभामा नेपाली काग्रेसका महामन्त्री डाक्टर शसाक कोईराला,सह महामन्त्री डाक्टर प्रकाशशरण महत,केन्द्रीय सदस्य डाक्टर शेखर कोईराला,केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत,क्ेन्द्रीय सदस्य एबम पूर्ब मन्त्री दिपक गिरी,केन्द्रीय सदस्य एव पूर्ब मन्त्री मोहनबहादुर बस्नेत,केन्द्रीय सदस्य एव पूर्व गृहराज्यमन्त्री  देवेन्दू्रराज कँडेल,केन्द्रीय सदस्य शिला खड्का, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादृुर शाह,सासद बिमला नेपाली,प्रदेश सभासदस्य एबम पूर्ब राज्यमन्त्री डिल्लीबहादुर चौधरी,नेपाली काग्रेस दाङका सभापति कृत्तिबहादुुर खड्का लगायतले वर्तमान सरकार निरकुश बन्दै गएको,अपराधिक गतिबिधि नियन्त्रण गर्न नसकेको,महङ र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताउनुभयो । त्यसकारणले पनि काग्रेसका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो । दाङ निर्वाचन क्षेत्र नम्वर ३(ख) प्रदेशसभा सदस्य प्रचार प्रसार समितिका अध्यक्ष खीमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिब शंकरप्रसाद डाँगीले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस