सीमा अतिक्रमण हुदा सरकार मस्तले निद्रामा ः बिश्वप्रकाश

नेपाली काग्रेसका प्रबक्ता बिश्वप्रकास शर्माले बिप्लप नेतृत्वको नेकपालाई राजनीतिक मुलधारमा वर्तमान सरकारले ल्याउनुपर्ने बताउनुभएको छ । आज शनिबार दाङको शान्तिनगरमा आयोजना गरेको उपनिर्वाचन चुनावी सभामा प्रबक्ता शर्माले भन्नुभयो, गिरीजाप्रसाद कोईरालाले प्रचण्ड, मोहन बैद्य, बाबुराम भट्टराई,रामहादुर थापा र बिप्लपलाई एकिकृत गरि संसदमा ल्याउनु भयोे । तर केपी शर्मा ओलीले गलत बाटो हिडेका (बिद्रोहमा) नेत्रबिक्रम चन्द बिप्लपलाई राजनीतिक मुल धारमा ल्यानै नसकेको बताउनुभयो । 
दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकारको नेतृत्व गरेका शक्तिशाली प्रधानमन्त्री ओलीले असन्तुष्ट पक्षसँग सम्बाद र बार्ता गर्न सक्यो,नत राष्ट्रियताको सवालमा खरो रुपमा उत्रन सकेको छ,नेता शर्माले बताउनुभयो । 
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी,लिपुलेख र लिम्पीयाधुरा नेपालको हो भनेर भारतीय राजदुत मार्फत भारत सरकारलाई भन्न सक्ने तर प्रधानमन्त्री ओलीले किन भन्न नसक्ने उहाले प्रस्न गर्नुभयो । 
उहाले भन्नुभयो,वर्तमान सरकारले सुशासन कायम गर्न सकेन,भ्रष्टाचार नियन्त्रण गर्न सकेन,हत्या र बलत्कार नियन्त्रण गर्न सकेन,त्यसले उपनिर्वाचनमा काग्रेसलाई बिजयी गराई सरकारलाई सच्चिन बाध्य बनाउनुपर्ने बताउनुभयो । उपनिर्वाचनको हारसँगै बालुटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच चुनावी हारको समिक्षा हुने बिश्वास गरेका शर्माले गर्नुभयो । त्यसपछि  कम्युनिष्ट सरकार नसच्चिए जनताले साथ नदिने डर रहिरहने छ,त्यस कारणले पनि काग्रेसलाई जिताउनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एब पूर्ब मन्त्री दिपक गिरी,केन्द्रीय सदस्य एवं पूर्ब गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल,पूर्ब केन्द्रीय सदस्य डिल्लीराज रेग्मी,राष्ट्रिय सभासद्स्य अनिता देबकोटा, प्रदेश सभासदस्य डिल्ली बहादुर चौधरी, पाँच नम्बर प्रदेश सभासद्स्य सुरेन्द्र हमाल, पुर्ब सासद गेहेन्द्र गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिह डाङी,दाङ निर्वाचन क्षेत्र नम्वर ३(ख)का प्रदेश सभासदस्य उम्मेदवार केशव आचार्यले यो उपनिर्वाचनमा काग्रेसले जितेर सरकारमा जाने बाटो नखुल्ने बताउनुभयो । तर शक्ति र सत्ताको उन्माद लागेको वर्तमान सरकारलाई सच्चिीएर सहि बाटो हिड्ने बनाउनका लागि काग्रेसलाई जिताउनुपर्नेमा जोड दिनुभयो । 
शान्ति नगर गाँउपालिकाका सभापति बुद्धिराम तिवारीको अध्यक्षतामा भएको चुनावी सभामा  स्वागत मन्तव्य मीन बहादुर केसीले गर्नुभएका थियो भने सहजीकरण झलक केसीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस