पश्चिम दाङका नागरिकले भने चुनावमा आउने त्यसपछि हराउने

विकासको हिसावले कर्णाली क्षेत्र भनेर चिनाईने पश्चिम दाङको गंगटेका बासीले विकास लागि गुहार मागेका छन् । आगामी मंसिर १४ गते हुन लागेको दाङ क्षेत्र नं ३ ख  उपनिर्वाचनको प्रचारप्रसार क्रममा गंगटे पुग्ने गरेका उम्मेदवार र उनका पक्षधरसग ववई गाँउपालिका वडा नम्वर १ का बिभिन्न टोलबस्तीमा विकासको माग गरेका हुन । बिकासभरि सवै उतै गर्नुभएको छ,चुनावीका बेला आउनुहुन्छ,बल्ल २ बर्ष पछि आउनुभयो,हामीलाई बिकास चाहियो,उनीहरुले एकसाथ भने । तीन वटै तहमा सरकार छ । दुई तिहाई बहुमतको सरकार बनेको सुनेका छौ, सिंहदरबारको अधिकार गाँउ गाँउ सम्म भन्ने पनि यसअघि सुनेका थियौ,खोई बिकास उनीहरुको आक्रोस छ ।
स्थानिय सरकार आएको लामो समय भएतापनि सोचे जस्तो विकासको पहल कदमी चाल्न नसकेको भन्दै स्थानिय सरकारको आलोचना गरेका छन् । 
सडक, विधुत, खानेपानि, स्वास्थ्य, सञ्चार जस्ता विकास पुर्वाधार नभएको मान बहादुर श्रीषले बताउनुभयो । 
नेपाल टेलिकमको टावर बनाउन स्थानियले ४,५ दिन सम्म जनश्रमदान गरेको तर बन्दा बन्दै अहिले रोकिएकामा श्रीषले दुख व्यक्त गर्नुभयो। साथै टावर निर्माणमा जनश्रमदान बाहेक स्थानियले गरेको ज्याला मजदुरीको पैसा नपाएको गुनासो राख्नुभयो । नेपाल टेलिकम मार्फत ठेक्का टेन्डर मार्फत टावरको  काम सुरू भएतापनि वडा अध्यक्षको आह्वानमा बबई १ का स्थानिय जनश्रमदान गर्न बाध्य भएको बताउनुभयो । 
ठेक्का टेण्डरमा गएको टेलिकम टावरमा जनश्रम गर्न लगाउन आफू नगएको स्थानिय बुद्धि विकले बताउनुभयो । जनश्रमदान नगर्नेले हजार रूपैया जरिवाना तिर्नुपर्छ भनेका थिए तर म गएन, मलाई थाहा थियो हामीले जनश्रमदान गर्ने काम होइन । 

प्रतिकृया दिनुहोस