बालअधिकारलाई बालबिबाह न्यूनिकरणमा जोड दिनुपर्छ ः वालबालिका

सुनिश्चित बाल अधिकार ःसमृद्ध नेपालको आधार भन्ने  मुल नाराका साथ आज बुधबार २१ औ अन्तराष्ट्रिय बाल अधिकार दिवस दाङ लगायत देशभर मनाईएको छ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक वर्ष नोभेम्बर २० का दिन अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ । नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धि १९८९ लाई अनुमोदन गरेको अढाई दशक पूरा भएको छ । नेपालले यस महासन्धिलाई सन् १९९० मा हस्ताक्षर गरेको थियो । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखाको आयोजना तथा शिक्षा युबा तथा खेलकुद महाशाखाको समन्वयमा सेन्टर माध्यामिक बिद्यालय तुलसीपुरमा १७ वटा सामुदायिक बिद्यालयका कक्षा ८देखि १० सम्मका बिद्यार्थीहरु बिच अन्तर माध्यामिक बिद्यालय स्तरिय बाल बिवाहको अवस्था, कारण, असर र न्यूनीकरण का उपायहरु विषयक बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
यस अवसरमा दाङका बालबालिकाहरुले बाल अधिकारलाई बाल बिवाहको रुपमा लिएको बताएका  छन् । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा तुलसीपुरमा आयोजित बक्तृत्वकला प्रतियोगीता कार्यक्रममा बोल्ने बालबालिकाहरुले यस्तो बताएका हुन् । 
२१ औं शताब्दीमा आएतामा पनि नेपालमा वालविवाह अझै निर्मुल हुन सकेको छैन । वाल विवाहको मुख्य कारण गरीवि ,अशिक्षा , जनचेतनाको कमी, पितृसत्तात्मक सोच रहेको महेन्द्र मा.वि का छात्र  रविन गौतम बताउनुभयो ।
कम उमेरमा विवाह गरेपछि पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास , छोरीको उमेर बढ्दै गएपछि दाईजोको मूल्य पनि बढ्दै जान्छ भन्ने सोच र अभिभावकहरुमा शिक्षा र चेतनाको कमिले पनि बालविबाह बढ्दै गएको मा.वि. कालाखोलाकि छात्रा कृतिका खनालको भनाई छ ।
छात्र गोपाल भण्डारीलाई भने बालविबाहले गर्दा किशोर किशोरीहरु मानसिक,शारिरीक र सम्वेगात्मक रुपमा कमजोर हुदै गएको लागेको छ ।
धारा ४० सम्मका सवै प्रावधानलाई बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरी चारवटा छुट्टाछुट्टै खण्डमा विभाजन गरिएको छ ।
नेपालको कानुन् अनुसार विवाहको उमेर आमा बावुको स्वीकृतिमा केटि अथवा केटा दुबैको उमेर २० बर्ष पुग्नु पर्दछ । केटा केटी दुबै २० बर्ष नपुगि विवाह गरेको खण्डमा यस्तो विवाह लाइ वाल विवाह मानिन्छ । 
बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्रजारी भएको नेपालको संविधानले बालविवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । 
बाल विवाहका कारणहरु शिक्षा र चेतनाको कमी ,गरिबी,ठुलो परिवार,धार्मिक परम्परा र मुल्य मान्यता,महिला पुरुष मा बिभेद, दाइजो प्रथा ,सामाजिक संस्कार ,जर्बजस्तीमा परेर,आफ्नो समाजको चलन चल्ती अनुशार बाल विबाह हुने गरेको छ ।
तुलसीपुर उपमहानरपनलिका वडा नम्बर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका सम्योजक कुमार लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी नगर उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक डिल्लिराज गौतम, शिक्षा समिती सदस्य  पदम प्रसाद न्यौपाने,सेन्टर स्कुलका प्रद्यानाध्यापक भागवत पौडेल लगाएतकाले बोल्नुभएको थियोे ।
अन्तर माध्यामिक बिद्यालय स्तरिय बाल बिवाहको अवस्था, कारण, असर र न्यूनीकरण का उपायहरु विषयक बक्तित्वकला प्रतियोगितामा प्रथम मा.वि.कालाखोलाकी कृतिका खनाल, द्धितिय मा.वि. बालापुरका हिरालाल वलि, तृतीय जनश्रम मा.वि.का  लक्ष्मन वलि र मा.वि सेन्टरका महेश भन्डारी र सरस्वती मा.वि.की ममता वलि सान्त्वना हुनुभएको छ । 
उत्कृष्ट बालबालिकाहरु लाई शैक्षिक सामाग्री हरु (झोला,कापी कलम ,जुमेट्री बक्स लगायतका सामाग्री ) उपल्ब्ध गराईएको थियो । 
महिला विकास अधिकृत विष्णु आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला बालबालीका शाखाकी प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस