वडाको ताला नखोले उपमहानगरपालिकामा तालाबन्दी गरीदिने १० जन वडा अध्यक्षको चेतावनी

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा लगाएको ताला आज सोमबारको मितिले २४ घण्टा भित्र नखोलिए उपमहानगरपालिकामा तालाबन्दी गरीदिने १० जना वडा अध्यक्षहरुले चेतावनी दिएका छन् । आज सोमबार बिहान तुलसीपुरमा भेला भएका १० वटै वडा अध्यक्षहरुले वडा नम्वर १३ कार्यालयमा लगाएको ताला बार्ताको माध्यमबाट समाधान गर्न आह्वान गरेका छन् । नगरप्रमुखसँग बार्ता र सम्वाद गर्न वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीको संयोजकत्वमा वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकाल र वडा नम्वर १० का अध्यक्ष कुमार लामिछाने सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरीएको वडा नम्वर १३ का अध्यक्ष डम्वरबहादुर न्यौपानेले जानकारी दिनुभयो ।
हिजो आईतबार नेकपाका स्थानिय नेताहरुका नेतृत्वमा लगाएको तालाका कारण सेवा प्रभाबित भएको छ । कर्मचारीहरु बाहिरै बस्न बाध्य भएका छन्  भने सेवाग्राहीहरु परिसरमा अन्यौलमा रहेका छन् । सडक निर्माणका लागि उपभोक्ता समिति गठनमा नेकपाको भागभण्डा हुनुपर्ने माग गर्दै हिजो आईतबार तालाबन्दी गरेका थिए । गत असारमा गठन भएको उपभोक्ता समितिले तुलसीपुर उपमहानगरपालिकासँग योजना सम्झौताका लागि प्रक्रिया अगाडी बढाउदा आलटाल गरेको र नेकपाले यसको फाईदा लिदै तालबन्दी गरेको हो । 
गत स्थानिय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ मा नेपाली काग्रेसबाट उम्मेदावरी दिएका वडा अध्यक्ष र ४ जना वडा सदस्यहरु निर्वाचीत भएका थिए । 

प्रतिकृया दिनुहोस