चुनावी माहौल ब्यापक

आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारहरुलाई आज सोमबार चुनाव चिन्ह प्रदान गरिदैछ । गत विहिवार मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ । 
दाङ निर्वाचन क्षेत्र नम्वर ३ ख अन्र्तगत पाँच नम्वर प्रदेश सभा सदस्य पदका लागी १२ राजनितिक दल र दुई स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका छन् । 
उम्मेदवारको दावी विरोध, जाँचबुझ ,उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जस्ता निर्वाचन प्रक्रिया पुरा गरी उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्न लागीएको   हो । 
मनोनयन दर्ता गराएका कसैले पनि आफनो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेकपाको तर्फबाट बिमला वली, नेपाली कांग्रेसबाट केशवराज आचार्य , राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्ली बहादुर डाँगी, नेपाली काग्रेस विपिबाट दिपक कुमार धिताल, राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्तबाट छोटीलाल थारु,साझा पार्टीबाट शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकबाट झरेन्द्र बहादुर खत्री,राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज विश्वकर्मा,नेपाल कम्युनिष्ट पार्टीबाट हरि प्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीबाट सुरेस परियार ,मङगोल नेश्नलबाट घनश्याम चौधरी, स्वतन्त्रको तर्फबाट टिकाराम आचार्य र गोविन्द केसीले उम्मेदवारी दिनुभएको थियो ।

चुनावी कार्यक्रममा ब्यबस्त

मंसीर १४ गते दाङमा हुन लागेको उपनिर्वाचनलाई द्धष्टीगत गर्दै चुनावी मैदानमा उत्रिएका पार्टी र उम्मेदवार चुनावी कार्यक्रममा ब्यबस्त छन् । यसपटकको उपनिर्वाचन बजारदेखि अलि टाढा भएकाले पनि गाँउघरमा बढी प्रचार प्रसार र घैरदैलो हुने छन् । 
मुख्य निर्वाचन कार्यालयले भोली सोमबार चुनाव चिन्ह प्रदान गरेपछि चुनावी माहौलले गति लिने छ । दाङ क्षेत्र नम्वर ३ (ख) प्रदेश सभा सदस्य पदका लागि १२ वटा बिभिन्न पार्टी र २ जनाले मनोयन दर्ता गराएका छन् भने अधिकासंको केन्द्र श्रीगाँउलाई बनाएको देखिन्छ । बिगतमा तुलसीपुर,घोराही,लमही जस्ता मुख्य शहर बजारमा केन्द्रीय हुने गर्दथे । 
मुख्य प्रतिस्पर्धाका रुपमा रहेका नेकपाका बिमला वली र नेपाली काग्रेसबाट केशवराज आचार्य हुने बिश्लेषण गरिएको छ । 
नेकपाका बिमला वलीको राजनीतिक यात्रा अन्त्य छोटो अवधिको छ भने काग्रेसका केशव आचार्यको राजनीतिक यात्रा करिव ४ दशक बढि रहेको बताईन्छ । 
पार्टीका बिभिन्न तहमा बाहेक जनप्रतिनिधिको रुपमा निर्वाचनमा भाग नलिएका त्यागि नेताका रुपमा लिएका केशव आचार्यले आफुले पञ्चायतको अन्त्य र प्रजातन्त्रका लागि गरेको योगदानको चर्चा गर्दा मतदाता समक्ष पुग्नु भएको छ भने नेकपाकी बिमला वली दिवंगत श्रीमान उत्तरकुमार वलीको सपना पुरा गर्ने प्रतिबद्धता लिएर चुनावी मैदानमा हुनुहुन्छ । 
त्यसबाहेक राप्रपाका भुपाल रावत,राप्रपा संयुक्तका छोटीलाल चौधरी,समाजबादी पार्टीका डिल्लीबहादुर डाँगी, नेकपा मालेका हरिप्रसाद डाँगी, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, साझा पार्टीका शिवकुमार चौधरी, जनमुक्ति पार्टीका धनराज सुनार,मंगोलियन नेशनल अर्गनाजेसनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रीक पार्टीका झरेन्द्रबहादुर खत्री, नेपाली काग्रेस (विपी)का दीपक धिताल,स्वतन्त्र उम्मेदवारद्धय टीकाराम आचार्य र गोबिन्द केसीले चुनावी माहौल आफ्नो पक्षमा बनाउन प्रयत्न गर्नुभएको छ । 
चुनावी मैदानमा होमिएका सबै पार्टी र स्वतन्त्र उम्मेदवारले चुनाव प्रचार प्रसारलाई ब्यबस्थीत गराउन बिभिन्न समिति गठन गर्ने र चुनावी कार्यक्रममा ब्यस्त भएका खबर प्राप्त भएका छन् ।

६ वटा निर्वाचन स्थल अतिसंवेदनशील 

उपनिर्वाचनमा स्थानीय सुरक्षा समिति दाङले निर्वाचन क्षेत्र नम्बर ३ (ख) को ६ वटा निर्वाचन स्थल अतिसंवेदनशील क्षेत्रमा राखेको छ । प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
जिल्लाका यी दुई क्षेत्रको निर्वाचनमा ३४ वटा निर्वाचनस्थल छन्। त्यस मध्येका प्रदेशसभा सदस्य पदका लागि हुने ६ वटा निर्वाचन स्थललाई सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील क्षेत्रको रूपमा राखिएको छ । 

प्रतिकृया दिनुहोस