काग्रेसको ५०१ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति

मंसीर १४ गते हुन लागेको दाङ क्षेत्र नम्वर ३ (ख) प्रदेश सभाको उपनिर्वाचनका लागि चुनावी माहौल तातिएको छ । ठुला चाडपर्वको समापन र कार्तिक २० गते मनोनयन दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी माहौलमा उत्रिएका हुन । उपनिर्वाचनमा १२ वटा पार्टी र २ वटा स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् ।
यसैबिच कडा प्रतिस्पर्धामा रहेका नेकपा र नेपाली काग्रेसले चुनावी माहौललाई झनै तताएका छन् । 
नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३(ख) को आयोजनामा आज शुक्रबार श्रीगाँउमा पार्टीको चुनावी भेला गरेको छ । भेलाले प्रदेश सभासदस्यका उम्मेदवार केशव आचार्यलाई निर्वाचित गराउन ५सय १ सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरेको सचिब चुडामणी ढकालले जानकारी दिनुभयो । 
क्षेत्र नम्वर ३(ख)का सभापति खिमबहादुर वलीको संयोजकत्वमा क्षेत्र नम्वर ३ (ख) अन्तर्गत दंङगीशरण, बबई र शान्तिनगर गाँउपालिकाका, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १, २, १० र ११ नम्वर नेपाली काग्रेस ईकाई सभापति,वडा कमिटि, महासमिति,महाधिबेसन प्रतिनिधि, नेपाल तरुण दल, नेबिसंघ, महिला संघ,नेपाल प्रेस युनियन, शिक्षक, दलीत, महिला, अपाङ लगायत सम्पूर्ण भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको प्रतिनिधित्व हुने गरी ५ सय १ सदस्यीय प्रचार प्रसार मुल समिति गठन गरीएको हो ।
त्यसअवसरमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम पूर्ब मन्त्री दिपक गिरीले लोकतन्त्रबादी र कम्युनिष्ट बीचको प्रतिस्पर्धाको लागि यो चुनावलाई लिएको बताउनुभयो । त्यसकारण अव कुनै पनि बहानामा वा प्रतिसोधमा नभई लोकतान्त्रिक प्रणालीको रक्षाका लागि चुनावी मैदानमा उत्रन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका नेता एबम प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरीेले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारबाट निराश भएका नागरिकलाई काग्रेसको पक्षमा ल्याउनु पर्ने सुझाब दिनुभयो ।
सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार केशव आचार्यले चुनावी मैदानमा उत्रन आह्वान गर्नुहुदै रातलाई रात र दिनलाई दिन नभनिकन नागरिकको घरदैलोमा पुग्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष सुशील बस्नेत,उपाध्यक्ष नारायण खड्का, नेपाली काग्रेस दाङका सदस्य देवा डाँगी,नेपाल तरुण दलका मुक्तिप्रसाद न्यौपाने,नेबिसंघका नवीन योगी,झमलाल परियार,जगदीश वली लगायतले आ आफ्ना सुझाब दिनुभएको थियो ।
नेपाली काग्रेस क्षेत्र नम्वर ३ (ख)का सभापति खीमबहादुर वलीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण सचिब चुडामणी ढकाल र गोबिन्द घिमिरेले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस