समाचार

    खुल्ला आधुनिक गायन प्रतियोगित हुने

    तुलसीपुर १० चैत/
    रेडियो नेपालको मुखय आयोजना तथा राप्ति साहित्य परिषद् दाङको स्थानिय आयोजनामा दाङमा खुल्ला आधुनिक गायन प्रतियोगित हुने भएको छ । जिल्ला सदरमुकान घोराहीमा प्रतियोगिता गर्न लागिएको स्थानिय आयोजक राप्ति साहित्य परिषद्ले पत्रकार सम्मेलन गरेर बुधवार प्रतियोगीता यही चैत ११ गते घोराहीमा हुने जानकारी दिएको हो । रेडियो नेपालको ६७ औ वार्षिक उत्सवको अवसरमा यस प्रतियोगीता हुन थालेको राप्ति साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाले जानकारी दिए । रेडियो नेपालले प्रदेश स्तरीय यस प्रतियोगीता आयोजना गरेको छ । प्रदेश नम्वर ५ को प्रतियोगीता घोराहीमा हुने भएको हो । प्रदेशमा हुने प्रतियोगीताका विजेताहरुलाई केन्द्रमा लगेर पुन प्रतियोगीता गराईने भएको छ । प्रत्येक प्रदेशमा प्रथम ,द्धितिय र तृतीय गरी ३ जना निकालीने छ । अन्तीम प्रतियोगीता चैत १८ गते काडमाडौमा आयोजना गरीने संगितकार सन्तोष श्रेष्ठले जानकारी दिए । उनले घोराहीमा आयोजना हुने प्रतियोतामा २० जनाको सहभागिता रहने बताए । प्रतियोगीले नयाँ गित, सँगित गराउनु पर्ने बताए । वाहिर ल्याए सकेको लाई मान्यता नदिने बताए । उनका अनुसार प्रथमलाई १० हजार, द्धितीय लाई साढे ७ हजार र तृतियलाई ५ हजार प्रदान गरीने भएको छ । भने काठमाडौमा हुने प्रतियोगीतामा सहभागि वनाईने छ । प्रतियोगीताका लागि रेडियो नेपालका कार्यकारी निर्देशक सहितको टोलि दाङ आउने भएका छन । प्रतियोगी मध्ये दाङका सहभागि वढी रहेको आयोजकले जनाएको छ ।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal