कम्युनिष्टबाट लोकतन्त्र खतरामा ः बरिष्ट नेता पौड्ेल

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौड्ेलले लोकतन्त्र रक्षाका लागी काग्रेस एक जुट हुर्ने पर्ने बताउनुभएको छ । पश्चिम दाङको श्रीगाँउमा आज बिहीबार कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भन्नुभयो कम्युनिष्टले ठुला ठुला कुरा गर्ने र फटाहा कुरा गरेर जनता लाई भ्रमित गर्ने गरेको आरोप लगाउनुभयो । कम्यनिष्टले सपना बाँड्ने र लोकतन्त्रलाई धरापमा पार्ने षड्यन्त्र गरीरहेकोले काग्रेसका नेता कार्यकता आपसमा नलडी देश र राष्ट्रियताको रक्षाका लागि एक जुट हुर्ने पर्नेमा जोड दिनुभयो ।सपना देखाउने तर विकास लाई अलपत्र पार्ने काम कम्युनिष्टहरुले गरेको आरोप उहाको छ ।
देश लाई वर्वादितिर जान नदिन र मुलुकमा निरासा पैदा हुन नदिन कङग्रेसले निर्वाचन जित्न आवश्यक छ,उहाले भन्नुभयो । नेता पौडेलले भन्नुुभयो अहिले देश उप निर्वाचनमय भएको छ । यसका लागी तपाई सवै एकजुट भएर लाग्नु आग्रह गर्नुभयो । यो नै नेपाली जनताका लागी सन्देश हुने पौडेलले वताउनुभयो ।   
यसअघि प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज विहिवार तुलसीपुरमा आयोजना गरीएको उद्योगी ब्यबसायि तथा कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताले कङ्ग्रेसलाई किन पत्याएनन भनेर आत्म समीक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राख्नुभयो ।
अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ पौडेलले भन्नुभयो । उहाँले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताउनुभयो ।  

यसैविच नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताउनुभयो । दुई तिहाइको सरकार अहिले अल्मलिएको छ राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ नेता पौडेलले भन्नुभयो ।
संघका अध्यक्ष जनक खरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता पौडेलले अवकोे महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी भएको समेत वताउनुभयो ।
यसैबिच बरिष्ठ नेता पौड्ेलले तुलसीपुर ६ रजौराका बिनोद रजौरेको पार्थिव शरिरमा नेपाली काग्रेसको झण्डा ओढाई श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । 
नेपाली काग्रेसमा आबद्ध रजौरेको ५२ बर्षको उमेरमा तुलसीपुर स्थीत निवासमा असोज ६ गते निधन भएको थियो । 
उहाँको पार्थिव शरिरमा बरिष्ठ नेता पौड्ेल,नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब सिंचाई मन्त्री दिपक गिरी,प्रदेश सभासदस्य एबम पूर्बराज्यमन्त्री डिल्लीबहादुर चौधरी,राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष डाक्टर गोबिन्द पोख्रेल,संबिधान सभासदस्य बुद्धिराम भण्डारी, नेपाली काग्रेस दाङका सभापति कृत्तिबहादुर खड्का,नेता गेहेन्द्र गिरी लगायतले श्रद्धाञ्जली दिनुभएको थियो । 
श्रद्धाञ्जली कार्यक्रममा बरिष्ठ नेता पौड्ेलले स्वर्गीय रजौरेका पीता गोबिन्द प्रसाद रजौर र उहाका परिवार प्रति समबेदना प्रकट गर्नुभएको थियो । 
स्वर्गीय रजौरेको आज बिहीबार बबई नदिमा अन्त्यष्टि गरीएको छ । उहाकी छोरी अस्मीता देश बाहिर रहेको र उहाँलाई बुवाको अन्तष्टि कार्यक्रममा सहभागि गराउनु पर्ने भएकाले ४ दिन ढिला गरि आज बिहीरबा अन्तीम संस्कार गरिएको उहाँको आफन्तले जनाएका छन् । २०२४ सालमा जन्मीएका स्वर्गीय रजौरका श्रीमती,एक एक जना छोरा र छोरी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस