उच्च अदालत बार एशोसियसन तुलसीपुरमा प्रजातान्त्रिक समूहको बर्चश्व

उच्च अदालत  बार एशोसियसन तुलसीपुरको अध्यक्षमा रविन्द्र कुमार धिताल निर्वाचित हुनुभएको छ । धितालले १४ मत प्राप्त गर्नुभएको हो । उहाका प्रतिस्र्धी पुष्पकर भण्डारीले ८ मत प्राप्त गर्नुभएको छ । सचिवमा सुनिल धितालले १६ मत प्राप्त गरि बिजय हुनुभएको छ । उहाका प्रतिस्पर्धि भुवनेश्वर शर्माले ६ मत प्राप्त गर्नुभएको छ ।
२३ जना मतदाता संख्या रहेको उच्च अदालत बार एशोसियसनमा अध्यक्ष र सचिब पदका लागि २२ मत खसेको थियो । बाँकी पदमा निर्बिरोध भई सकेको निर्वाचन कमिटिका संयोजक डिल्लीराज धितालले जानकारी दिनुभयो ।  अध्यक्ष पदमा प्रजातान्त्रिक समूहबाट रवीन्द्रकुमार धिताल र प्रगतिशील समूहबाट पुष्करबहादुर भण्डारी चुनावि मैदानमा हुनुहुन्थ्यो । सचिब पदमा प्रजातान्त्रिक समूहबाट सुनील धिताल र प्रगतिशील समूहबाट भूवनेश्वर शर्मा चुनावी मैदानमा हुनुहुन्थ्योे ।
उपाध्यक्षमा प्रजातान्त्रिक समूहबाट गोर्कण खत्री कोषाध्यक्ष र प्रगतिशील समूहका प्रकाश रेग्मी यस अघि नै निर्बिरोध निर्वाचीत भई सक्नुभएको छ । 
सदस्यमा शालिकराम रेग्मी,प्रबिण लम्साल,मोहनप्रसाद धिताल,भागवत रेग्मी,बुद्धिप्रकाश सिंह र हरि शाह निर्बिरोध निर्वाचित भई सक्नुभएको छ । 
समितिको सदस्यमा निर्वतमान अध्यक्ष पदेन सदस्य रहने ब्यबस्था उच्च अदालत बार एशोसियसनमा छ । प्रजातान्त्रिक समूहमा १४ जना र प्रगतिशील समूहमा ९ जना मतदाता रहेको बताईन्छ ।
 

प्रतिकृया दिनुहोस