प्रतिष्ठानका उपकुलपति बिरुद्धको आन्दोलन १७ गते सम्मका लागि स्थगीत

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले १७ गतेसम्मका लागि संघर्षका कार्यक्रम स्थगीत गरेको छ । भदौ १५ गते थारु जातिको महान पर्व अटवारी, १६ गते हरितालिका तीज र १७ गते पञ्चमी पर्वलाई मध्यनजरगरी संघर्षका कार्यक्रम स्थगीत गरेको अभियानका संयोजक विकिरण गौतमले जानकारी दिनुभयो । प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै संघर्षमा उत्रिएको अभियाननले १७ गतेपछि संघर्षका कार्यक्रम पुनः सुरु गर्ने गौतमले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि अझ गुणस्तरीय स्वास्थ्य पाइएला भन्ने यसका नागरिकको सपना अझै पुरा हुने अबस्था देखिएको छैन । अहिले प्रतिष्ठानमा बिभिन्न बाहनमा दलीय हस्तक्षेप बढदै गएको छ । प्रतिष्ठानको माहोल बिग्रनुमा राजनीतिक दलहरु एक अर्काप्रति दोषारोपण गरिरहेका छन् । 
फलस्वरुपः गएको आइतबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि आन्दोलन थालियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ’ नामक समिति बनाएर आन्दोलन शुरु गरेको छ । जसमा सत्तारुढ नेकपाका कार्यकर्ता,शुभेच्छुक र समर्थकले नै अगुुवाइ गरेका छन् । आन्दोलनका क्रममा प्रष्ठिानका रजिष्ट्रार रामप्रसाद प्याकुुरेलमाथि हातपात र दुब्र्यवहार गरिएको छ । घाईते भएका प्याकुरेलको काठमाण्डौमा उपचार भई रहेको छ । घटनामा संलग्न भएको आरोपमा नेकपाका युवा नेता बिबेक श्रेष्ठलाई प्रहरीे खोजतलास गरीरहेको जनाएको छ । रजिष्ट्रार प्याकुुरेलमाथि भएको आक्रमणको काग्रेसले विरोध गर्दै कारबाहीको माग गरेको छ । रजिष्ट्रारमाथि हातपात गर्नेलाई कारबाही गर्न किटानी जाहेरी दिँदा समेत पक्राउ नगरिएको भन्दै उसले घोराही बजारमा ¥यालीसमेत निकालेको छ ।
प्रतिष्ठानको विषयमा दाङमा नेपाल कम्युुनिष्ट पार्टी र नेपाली कांग्रेस विभाजित भएका छन् । नेकपा दाङको जिल्ला समितिले विज्ञप्ति निकालेर प्रतिष्ठानको विकास नहुुनुमा उपकुलपति संगिता भण्डारी नै मुख्य दोषी भएको भन्दै राजीनामा दिएर बाटो खोलिदिन आग्रह गर्दै आन्दोलनकारीको समर्थन गरेको छ ।
तर नेपाली कांग्रेस दाङले भने सरकारले उपकुलपतिलाई राजीनतिक आस्थाका आधारमा काम गर्न नदिएको आरोप लगाएको छ । उपकुलपति आएदेखि नै विभिन्न बहानामा आफूू समर्थकलाई आन्दोलनमा उक्साइ काम गर्न नदिएको आरोप कांग्रेसको छ । नेपाली कांग्रेसको सरकार रहेको बेला २०७४ असोज २९ गते स्थापना भएका प्रतिष्ठानमा उपकुलपतिको रुपमा डा. संगिता भण्डारी नियुक्त हुनु भएको थियो । त्यसपछि बनेको नेकपाको सरकारले उपकुलपति भण्डारी र रजिष्ट्रार रामप्रसाद प्याकुरेलाई बर्खास्त गरेको थियो । सरकारको निर्णयप्रति आपत्ति जनाउँदै दुवै जना सर्वोच्च अदालत जानुुभयो । अदालतले सरकारको निर्णयलाई बदर ग¥यो । उहाँहरु पुुनः काममा फर्कनुभएको थियो । प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएसँगै डाक्टर संगिता भण्डारीले संविधानले ग्यारेन्टी गरेको आधारभूत स्वास्थ्यसँग सम्बन्धित मौलिक हकमा भएको व्यवस्थाको उल्लंघन गरी राज्यले प्रदान गरेका र पहिलेको राप्ती उपक्षेत्रीय अस्पतालले समेत प्रदान गरेका सुरक्षित मातृत्व, आमा सुरक्षा कार्यक्रम, पोषण पुनःस्थापना गृह, सिकलसेल एनिमिया लगायतका स्वास्थ्य सेवा बन्द गराएको आरोप नेकपाको छ । प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा चिकित्सकसँग समन्वय कायम गरी काम गर्नुपर्नेमा जिम्मेवारी सम्हालेदेखि नै सबैसँग जुहारी खेल्दै प्रतिष्ठानबाट बर्खास्त गर्ने काम उपकुलपतिले गरेको नेकपाले आरोप लगाएको छ । महेन्द्र अस्पताल हुँदै तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालका रुपमा रहेको अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा घोषणा गरिएको होे । 
 

प्रतिकृया दिनुहोस