बिज्ञानका बिषयमा बालबालिकाले जनप्रतिनिधिलाई बुझाउदै

आफूहरुले बनाएको प्रबिधिका बारेमा पश्चिम दाङका बालबालिकाहरुले जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । माध्यामिक बिद्यालय  बालापुरमा २२ प्रकारका बिभिन्न प्रबिधिका बारेमा पुर्ब श्रमराज्य मन्त्री एबम प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरी, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का अध्यक्ष राजु आचार्य लगायतलाई ती बालबालिकाहरुले प्रबिधि बनाउदा प्रयोग गरिएका कच्चा पर्दाथ, बनाएको प्रबिधिले गर्ने कामका बारेमा जानकारी गराएका थिए । कक्षा ७ देखि १० कक्षा सम्मका बालबालिकाहरुले रोर्वट, बढी वजन भएको बस्तु उठाउने मेसीन,गहिरो ठाँउबाट पानि निकाल्ने,हावाबाट बिद्युत, स्मार्ट सिटी लगायत २२ प्रकारका प्रबिधियुक्त बस्तु बनाई प्रर्दशन गरेका हुन् । शैक्षिक बिज्ञान प्रर्दशनीको पुर्व राज्यमन्त्री एबम ५ नम्वर प्रदेशका सभासद् डिल्लीबहादुर चौधरीले आज शुक्रबार बालापुरमा उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा चौधरीले भन्नुभयो,वालवालिकाहरुलाई यस्ता कार्य गर्न बिद्यालयले वातावरण बनाईदिनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो,यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ । सीप र दक्षता प्रर्दशन गर्ने अवसर भए वालवालिकाहरुले सृजनशील कार्य गर्न सक्ने यहाँको शैक्षिक बिज्ञान प्रर्दशनीले स्पष्ट गरेको चौधरीले बताउनुभयो । बिद्यालयका प्रधानाध्यापक सुबर्णकुमार लामिछानेको अध्यक्षतामा भएको सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ का अध्यक्ष राजु आचार्य,मावि बालापुरका ब्यबस्थापन समितिका अध्यक्ष भीमबहादुर वली,पूर्ब अध्यक्ष केशव आचार्य र निरज बस्नेत,शिक्षाबिद् मुकुन्द रिजाल, पत्रकार सुशील बस्नेत,टिचफर नेपालका माधब देवकोटा,पूर्ब शिक्षक श्यामप्रसाद शर्मा,तकियापुर खानेपानि तथा सरसफाई समितिका अध्यक्ष मोहन डाँगी लगायतले बालबालिकाले बनाएका सीप र क्षमताका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा शिक्षिका सीता थापाले शैक्षिक बिज्ञान प्रर्दशनीका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक फरेन्द्रराज अधिकारीले गर्नुभएको थियो भने सहजिकरण शिक्षक निर्मल नेपालीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस