एक हजार बढी परिवारलाई बिद्युत मिटर बक्स निशुल्क बितरण

बिपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुका लागि एक हजार बढी बिद्युतको मिटरबक्स दाङमा निःशुल्क बितरण गरिएको छ ।नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र घोराही र तुलसीपुरबाट स्थानीय तहको सिफारिसका आधारमा १ हजार २५ वटा मिटर बक्स बितरण गरिएको हो ।तुलसीपुर वितरण केन्द्रबाट ७ सय ५० र घोराही केन्द्रबाट १ सय ३० वटा मिटर बक्स बितरण गरिएको हो । तुलसीपुर बितरण केन्द्रले उपमहानरपालिकामा २ सय ६०, गाउँपालिकामा १ सय ६० का दरले मिटर बक्स बितरण गरेको केन्द्रका प्रमुख दिपकजंग चौधरीले बताउनुभयो । उहाँका अनुसार मिटर बक्स बितरणका लागि ४५ लाख बजेट प्राप्त भएको थियो ।तुलसीपुर बितरण केन्द्रबाट तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका अति बिपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई साढे ७ सय मिटर बक्स निःशुल्क दिएको प्रमुख चौधरीले बताउनुभयो । १ वटा मिटर बक्स खरिद गर्दा २५ सय र जडान बाफतको शुल्क गरि करिब ४ हजार भन्दा बढि खर्च लाग्ने भएता पनि निःशुल्क बितरण गरिएको चौधरीले बताउनुभयो ।घोराही बितरण केन्द्रले घोराही उपहानगरपालिका,लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकामा गरि करिब २ सय ७५ वटा मिटर बक्स बितरण गरेको घोराही केन्द्रका प्रमुख मधुसुदन यादवले जानकारी दिनुभयो ।स्थानिय तहको सिफारिसको आधारमा नि ः शुल्क मिटर बक्स उपलब्ध गराएको भएपनि ती ग्राहकले बिद्युतको महशुल भने बुझाउनुपर्ने छ ।गरिब तथा विपन्न वर्गहरुले मिटर बक्स पाएपछि खुशी भएका छन । टुक्कीको साहरामा बस्दै आएका तुलसीपुर ८ बटवलपुरकी गिता चौधरीले नि ः शुल्क मिटर बक्स पाउँदा ज्यादै खुशी भएको बताउनुभयो । आर्थिक अवस्थाको कम्जोरका कारण विद्युत जडान गर्न नसक्दा टुक्की बालेर बस्दै आएको तर अव विद्युत जडान गरी घर नै झलमल पार्ने बताउनुभयो । 
अव बत्ति जडान भएपछि घरमा बत्ति बल्ने नै भयो त्यो भन्दा पनि छोरा छोरीलाई पढ्नलाई सजिलो हुने बताउनुभयो । शहिद स्मृती प्रावि टिकरीका प्राधानाध्यापक हरि बहादुर विश्वकर्माले विद्यालयले निशुल्क मिटर बक्स पाउँदा अव निकै खुशी भएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका ८ नम्वर वडाका अध्यक्ष बेद बहादुर केसीले आर्थिक अवस्था कारण बत्ति बाल्नवाट बञ्चित ब्यक्ति तथा समूदायलाई बितरण गरिएको बताउनुभयो ।उहाँले नेपाल सरकारले ल्याएको उज्यालो कार्यक्रम अन्र्तगत सबैका घर–घरमा बत्ति झलमल बनाउने लक्ष्य भएकाले यो अभियान शुरु भएको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस