संगित रोयल्टी संकलन समाजको गुनासो,गित बजाउनेले रोयल्टी बुझाउदैनन्

सार्वजनिक सवारीका साधानमा गित बजाए बाफत कर तिर्नुपर्ने बिषयमा जानकारी दिने उदेश्यले प्रतिलिपि अधिकार तथा संगित रोयाल्टी ब्यबस्थापन बिषयक अन्तरक्रिया कार्यक्रम आज शानिबार तुलसीपुरमा भएको छ । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय र संगित रोयल्टी संकलन समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा रेडियो, टेलीभिजन, ईन्टरनेट, यातायात क्षेत्र, लाईभ कन्सर्ट,होटल रिसोर्ट, प्रर्दशनी, केवल नेटवर्क, दोहोरी डान्स, गजल र सोही प्रकृृतिको रेष्टुरेन्ट,डिजिटल मिडिया, सीआरबिटी, वायुसेवा,बिमान स्थल,फनपार्क,चलचित्र,चलचित्र हल, पार्टी प्यालेस लगायत ४० वटा रोयल्टी उठाउने क्षेत्रहरुको पहिचान भएको जानकारी गराएको थियो । तुलसीपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा सार्वजनिक यातायातले यात्रुहरुलाई मनोरञ्जनका लागि बजाउने गित संगीतको कर तिर्नुपर्ने मूख्य बिषयमा छलफल भएको थियो । बार्षिक रुपमा यातायात ब्यबस्था कार्यालयमा दर्ता तथा नविकरण गर्दा ६ पाङग्रे ठुला वसले २ हजार,४ पाङग्रे मझौला बस,मिनीबसले १४ सय,ट्रक,ट्याङकर,टिप्परले १२ सय,४ पाङग्रे ट्याक्सी,माईक्रो,मीनि ट्रकले १ हजार,पिकअफले ९ सय र ३ पाङग्रे टेम्पोले ८ सय रुपैया गित संगित बजाए वा सुनाय बाफत रोयल्टी बाफत बुझाउनु पर्ने ब्यबस्था भएको जानकारी गराएको थियो ।
१५ सय बढी गितमा संगित दिएका संगीत रोयल्टी संकलन समजाका केन्द्रीय अध्यक्ष महेश खड्काले परिवारका लागि आबश्यक आर्थिक भार ब्यय गर्न गाह्यो भई रहेको बताउनुभयो । शौचालयमा १० रुपैया तिरेर प्रयोग गर्ने ब्यक्तिले संगित सुन्दा पनि सुने बाफतको कर तिर्नुपर्छ भन्ने जानकारी अझै नभएको बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले रोयल्टी सम्बन्धि ऐन २०५९ मा बनिसकेको भएपनि यसको कार्यान्वयन पक्ष भने अझै प्रभाबकारी हुन नसकेको बताउनुभयो । आयोजकले प्रमुख जिल्ला अधिकारीले महोत्वस मेलाको स्वीकृत लिन आउनेलाई रोयल्टी बाफतको कर तिरेको रसीद उपलब्ध गराएमात्र सञ्चालनको स्वीकृत दिनुपर्ने अनुरोधलाई कार्यान्वयनमा ल्याउने प्रमुख जिल्ला अधिकारी रिजालले प्रतिबद्धता जनाउनुभयो । उहाले रोयल्टी बुझाउने सन्र्दभलाई जोडतोडका साथ उठाईएपनि बुझाउने निकायको बारेमा आम नगारिकलाई जानकारी हुनुपर्ने सुझाब दिनुभयो । सो अवसरमा प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश आचार्यले प्रतिलिपी अधिकार बौद्धिक सम्पत्ति अधिकरको संरक्षणसग सम्बन्धित बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाले प्रतिलिपि अधिकार अन्तर्गत नैतिक अधिकार र आर्थिक अधिकारका बारेमा जानकारी गराउनुभएको थियो । सोही अवसरमा यातायात ब्यबस्था कार्यालय राप्ती तुलसीपुरका नायव सुब्बा रेश्मी अधिकारीले २०७६ असार १९ गते सम्म भालुवाङ स्थीत कार्यालयबाट ५ लाख १८ हजार ८ सय र तुलसीपुर स्थीत कार्यालयबाट १ लाख १५ हजार ९ सय रोयल्टी संकलन भएको जानकारी दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेल,सामुदायीक रेडियो प्रशारक संघका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेत,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मी,तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब रुपबहादुर खत्री,उत्पादक समाजका महासचिब होम गैरे,यातायात ब्यबसायि प्रकाश भट्ट रामबहादुुर वली (रम्भा),रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मी,पत्रकार सुरेश श्रेष्ठ,साहित्यकारहरु डाक्टर लोकराज पराजुली र कमलमणी देवकोटा लगायतले प्रतिलिपी अधिकार र रोयल्टी बिषयमा आ आफना भनाई राख्नुभएको थियो ।
कार्यक्रममा स्वागतमन्तब्य प्रस्तोताा समाजका कार्यक्रम संयोजक बैकुण्ठ महतले र सहजिकरण समाजका कोषाध्यक्ष शसी शर्मा मज्गैयाले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस