परिवर्तन संस्थागत हुन अझै समय लाग्ने ः रबीन्द्र मिश्र

साझा पार्टीका केन्द्रिय संयोजक रविन्द्र मिश्रले नेपालको परिवर्तनलाई संस्थागत हुन अझै समय लाग्ने बताउनुभएको छ । साझा पार्टी प्रदेश ५ को संयोजक घोषणा तथा नागरिक सम्वोधन कार्यक्रमको जानकारी दिन आज शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मिश्रले मुलुकमा संविधान जारी भएको चार वर्षमात्र पुरा भएको र छोटो समयमा ठूलो आश गर्न नसकिने बताउनुभयो । तर प्रतिफलको आशा भने नागरिकले खोजी रहेको बताउनुभयो । अर्को फरक प्रसंगमा मिश्रले विप्लब समुह शान्तिपूर्ण राजनीतिमा आउनुपर्ने वताउनुभयो ।अधिकारका नाममा विप्लवले बम नै पड्काउन थाले पछि सरकारले प्रतिबन्ध लगाउनु स्वभाबिक रहेको उहाको जिकीर छ ।आगामी दिनमा साझा पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित हुने दावी उहाँले गर्नुभयो । मंसीर १४ गते हुन लागेको उप–निर्वाचनमा साझा पार्टीले भाग लिने भएकाले पनि स्थानीय स्तरमा पार्टी गठनका लागि देश दौैडाहामा हिडेको समेत जानकारी दिनुभयो । 
राजनीतिको जग बलियो नहुदा पार्टी बलियो नहुने बताएका मिश्रले आफ्नो पार्टीले अहिले ‘राजनीतिक भुइँ यात्रा’ अभियान समेत सञ्चालन गरेको जानकारी दिनुभयो ।
पत्रकार रवि लामिछाने पक्राउको विषयलाई लिएर संयोजक मिश्रले अनुसन्धानलाई प्रभावित पार्नेगरी मास ट्रायल र मिडिया ट्रायल गर्न नहुने धारणा राख्नुभयो । 
अनुसन्धानको आफनै पद्धती र नियम छ, संयोजक मिश्रले भन्नुभयो । चितवनमा लामीछानेका शुभेच्छुकले गरेको प्रदर्शन र युटवरले गरेको ट्रायलले अनुसन्धानलाई प्रभावित पार्न सक्छ । हाम्रो साझा पार्टीले पनि विज्ञप्ति जारी गरीसकेकोले निष्पक्ष छानविन होस भन्ने हाम्रो पनि चाहाना छ,उहाले भन्नुभयो ।
 

प्रतिकृया दिनुहोस