थारु महिलाको ब्रत,भोली अग्रासन दिने

थारु समूदायका महिलाहरुले बिशेष पर्वको रुपमा आज कृष्णजन्माष्टमी पर्व मनाउदैछन् ।भाद्र महिनाको अष्टमी तिथीमा श्रीकृष्णको तस्वीर वा मूर्तिमा टिका लाई यो पर्व मनाउने गरिन्छ ।मटावा,भलमन्सा,बडघरको घरको बैठक कोठा अर्थात बह्रीमा राखिएको ो डेहरी(अन्नराख्ने माटाको भाडो)मा ढुङ्गाले पिधेर बनाईएको चामलको झोलले पोती आदीबासी थारु समूदायको संस्कृती झल्कीने आकृत्ति बनाईन्छ ।अष्टमी पर्वको दोस्रो बिहान ब्रतालुहरु फेरी घर–घर बाट टपरी लिएर पुन ः श्रृंगार गरी पुजन स्थलमा जान्छन् । टपरीमा फलफुल र बत्ती राखि खोला नदिमा थारु समूदायका महिलाले बगाउछन् । सोही नदिमा स्नान गरि घर फर्केका उनीहरुले गेडा गुडि,परवरको साग , पाप्रो,चिचिण्डो लगायत तीनद वा सात प्रकारको तरकारी,भात,घिउ अग्नीमा अर्पन गरी आफना दिदि बहिनीहरुका लागी टपरीमा अग्रासनको रुपमा छुट्याई आफुले खाने प्रचलन छ ।छुट्याईएको खाने कुरा अर्थात अग्रासन उनीहरुकै घरमा पु¥याउन जाने प्रचलन छ । अग्रासन भातृत्वको प्रतीकको रुपमा लिने चलन  छ ।
 

प्रतिकृया दिनुहोस