संस्कृत बिश्वबिद्यालयको कामु उपकुलपतिमा ढकाल

नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपति डाक्टर कुलप्रसाद कोईरालाको पदावधि आज शुक्रबारबाट सकिएको छ । कुलसचिव कार्तिके झाको पनि पदावधिको समय सकिन लागेको छ । केही महिनामात्र बाँकी पदावधि रहेका नेपाल संस्कृत बिश्वबिद्यालयका शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले कायममुकाम उपकुलपतिको जिम्मोवारी पाउनुभएको छ । राजनीतिक भागवण्डाका आधारमा नेपाली काग्रेसको सिफारीसमा उपकुलपतिमा प्रा.डा. कोईराला २०७२ भदौ ७ गते र २०७२ भदौ १७ गते कुल–सचिबमा प्राध्यापक झा र २०७२ आश्विन १७ गते शिक्षाध्यक्षमा नेकपा एमालेबाट प्राध्यापक ढकालले जिम्मेवारी पाउनुभएको हो ।उपकुलपति प्राध्यापक कोइरालाको आज शुक्रबारदेखि पदावधि सकिएको छ भने कुलसचिब प्राध्यापक झाको भदौ २६ र कायममुकाम उपकुलपति प्राध्यपाक ढकालको असोज १६ गते पदाबधि सकिने छ । 
यस्तै, संस्कृति विश्वविद्यालय पदाधिकारी र सेवा आयोगको पदाधिकारी छनोट गर्नका लागि शिक्षामन्त्री गरिराजमणी पोखरेलसहित विश्वविद्यालय अनुदान आयोगका सदस्य र शिक्षा सचिव रहेको सर्च कमिटी गठन गरिएको छ ।नेपाल संस्कृत बिश्वबिद्यालय लगायत त्रिभुवन विश्वविद्यालय (त्रिवि),कृषि बिश्वबिद्यालय र पूर्बाञ्चल बिश्वबिद्यालय लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ । 
त्रिविमा कामु उपकुलपतिमा शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँको शुक्रबारदेखि पदावधि सकिने भएकोले शिक्षाध्यक्ष डा. त्रिपाठीलाई कामु उपकुलपति तोकिएको हो । कृषि विश्वविद्यालयमा पशु, विज्ञान, भेटरिनरी विज्ञान तथा मत्स्यपालन सङ्कायका डिन शारदा थपलियालाई कामु उपकुलपति र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।त्रिवि ऐन–२०४९ को दफा २१ को (ख) अनुसार विश्वविद्यालयको कुनै पद रिक्त भएमा यो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले तोक्ने व्यवस्थाअनुसार उहाँहरूलाई कामु उपकुलपति तोकिएको हो ।

प्रतिकृया दिनुहोस