शिक्षकमा भेदभाव भयो ः शिक्षक संघ

नेपाल शिक्षक संघ दाङ आन्दोलनमा उत्रिएको छ । शिक्षा क्षेत्रमा स्थानीय तहको ठाडो हस्तक्षेप, बिभेदपुर्ण ब्यबहार विरुद्ध आन्दोलित नेपाल शिक्षक संघ दाङले आज सोमबार जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई दाङलाई २४ घण्टे अल्टिमेट दिएको हो । हिजो आईतबार ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक संघ दाङले सत्ता र सत्तारुढ दलको ईशारामा शिक्षक सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका सेवा सुविधाबाट बञ्चित गर्ने गरी काम अघी बढेको शिक्षक संघ दाङका अध्यक्ष युुवराज बस्नेतले आरोप लगाउनुभयो । नेपाल शिक्षक संघका आवद्ध भएका शिक्षकहरुलाई भेदभाव हुने गरी काम गरेको प्रमाण आफूहरुलाई प्राप्त भएको अध्यक्ष बस्नेतले खुलासा  गर्नुभयो । सत्ताको आडमा थालिएका यस्ता दुराग्रहीपूर्ण गतिबिधिहरु प्रति आपत्ती र खेद प्रकट गर्दै शिक्षा जस्तो अति संवेदनसील र राजनितिबाट मुक्त रहनुपर्ने क्षेत्रमा चरम राजनितिक हस्तक्षप नगर्न सजक गराइएको उहाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस