शिशु सहित महिलाको शव फेला

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ अस्वारामा मृत अबस्थामा फेला परेका महिला र वालीकाको शवलाई पोष्टमार्टका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । पहिचान हुन नसकेका ती दुई जनाको शवलाई घटना स्थलबाट आबश्यक प्रक्रिया पुरा गरी अस्पतालमा पोष्टमार्टका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । हिजो दिउँसो साँढे ३ बजे तिर झारीमा एक जना महिला र नजिकै बालीकाको शव फेला परेको थियो । लाशको दाहीने तर्फ स्तनको भागमा शरिरमा लुगाकपडा नभएको र नवजात शिशुको लाश समेत फेला परेको हो । ती दुवै लाश अनुहार कालो निलो भई नचिनिने अवस्थामा किरा औसा समेत परेको महिलाको शरीर मोटो उचाई अन्दाजी ५ फिट ४ ईन्च रहेको,बाया हातमा रेटियो लेखेको आकाशे रंगको फीत्ता भएको घडी लगाएकी, कालो कुर्ताको तलको फेरको भागमा स साना सेतो रुख जस्तो वुट्टा भएको कुर्ता, कालोमा रातो फुलको वुट्टा भएको दोपट्टा र कालो सिलिकको ठुलो वाहुला भएको प्लाजो, गुलावी रंगको सादा चप्पल, वाँया हातमा फुलको वुट्टा भएको मेहन्दी लगाएकी महिलाको शव फेला परेको छ । नवजात वालीकाको शव नजिकै कालो रङको स्टीकरमा सुपरबिट लेखेको रातो रगंको  झोला रहेको,उक्त झोला भित्र दैनिक प्रयोग गर्ने नित्यकर्मका सामान लगाएत रातो रंगको खाली हाते व्याग र ब्याग भित्र कुनै पनि सरसामान नभएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस