मोटरसाईकल दुर्घटना हुदा रिहारमा २ जनाको मृत्यु । अश्वारामा महिलाको शब फेला

पूर्वपश्चिम राजमार्गको दाङको रिहार सडक खण्डमा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । भने तुलसीपुरको अस्वारामा महिलाको शव फेला परेको छ । दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकल लमही नगरपालिका ९ को रिहारमा दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेत र घोराही उपमहानगरपालिका ५ धर्नाका विनोद बस्नेतको मृत्यु भएको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । मोटरसाईकललाई ठक्कर दिएको आंशकमा लमही नगरपालिका वडा नम्वर ८ सतवरीया पाण्डव क्रेसर उद्योगबाट नियन्त्रणमा लिएको छ ।
उक्त ट्रकका चालक फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।
यता,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ अस्वार स्थीत सामुदायीक वन (आर्मी डाँडा)मा एक जना महिलाको शव फेला परेको   छ । शव सडिगली सकेकोले सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस