राजनीतिककर्मी देखि नागरिकहरुलाई सामुहीक रक्षाबन्धन

पूर्व सिंचाई मन्त्री दिपक गिरीले समय सर्वश्रेष्ठ भएकै कारण कार्य सम्पादन समयमै गर्नुपर्ने बताउनुभएको छ । बह्माकुमारीज राजयोग बिश्वबिद्यालय तुलसीपुरले आज बिहीबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा पूर्ब मन्त्री गिरीले भन्नुभयो,समय घर्की सकेपछि गरेको काम नलाग्न पनि सक्छ । महिलाको नेतृत्वमा सञ्चालनमा रहेको बह्माकुमारीजले समयलाई महत्व दिने गरेकाले पनि बिश्व शान्तिको सन्देश प्रबाह गर्नमा अगाडी भएको बताउनुभयो । राजयोगिनी गिता तिमिल्सेनाको अध्यक्षतामा भएको रक्षाबन्धन कार्यक्रममा उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधिश रमेश पोख्रेलले रक्षाबन्धनले भाईचार र बन्धुत्वको विकास गरीरहेको बताउनुभयो । मानिसमा दिदीबहिनी र दाजूभाईको भावना एक आपसमा हुन सके द्धन्दमा न्यूनिकरण हुने बताउनुभयो । उहाले समयको महत्वलाई जोड दिनुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बिचार र कुरामा सदचार तर ब्यबहारमा स्वार्थ लिप्तको मानसीकाका कारण हिंसा,घृना,अहमता बढी हुने गरेको बताउनुभयो । उच्च अदालत तुलसीपुरका न्यायाधिश शिवनारायण यादवले रक्षाबन्धनले आपसमा आत्मीयता बढाउने बिचार ब्यक्त गर्नुभएको थियो । त्यसअवसरमा यशोदाले रक्षाबन्धन पर्वको महत्वको बारेमा चर्चा गर्नुभएको थियो भने प्रतिमाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा राजनीतिककर्मी, कर्मचारी, नागरिक समाज, अधिकारकर्मी,  ब्यबसायि, सञ्चारकर्मी लगायतले राजयोगीनि गिता तिमिल्सेनाबाट रक्षाबन्धन ग्रहण गर्नुभएको थियो । 
उक्त अवसरमा शिवलाल महतराले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । बह्माकुमारीज बिश्वबिद्यालयले कारागार शाखा तुलसीपुरका कैदीबन्दि, १९ नम्वर बाहिनी र प्रदेश नम्वर ५ प्रहरी कार्यालयका अधिकृत तथा जवानहरुलाई रक्षाबन्धन कार्यक्रम गरेको छ ।
 

प्रतिकृया दिनुहोस