राप्ती अञ्चल अस्पताल विकास समितीबाट ५ महिनमा ३८ लाख बचत

दाङ,१९ बैशाख

राप्ती अञ्चल विकास समिती तुलसीपुरले ५ महिनको अबधिमा झण्डै ३८ लाख ३ हजार बचत गरेको छ । अस्पताल विकास समितीले मंसीर देखि गत चैत मसान्त सम्म ३८ लाख ३० हजार ६ सय ८८ रुपैया बचत गरेको विकास समितीका अध्यक्ष बिष्णुकुमार देबकोटाले जानकारी दिनुभयो । ५ महिनाको अबधिमा १ करोड ४९ लाख ३ हजार २ सय ६५ रुपैया आम्दानी र खर्च १ करोड १० हजार ९२ लाख ९ सय ६६ रुपैया भएको अस्पताल बिकास समितीले जनाएको छ । विकास समितीले अस्पतालले बिरामी भर्नाबाट ४२ हजार ५ सय ३०,रेबिज बिरुद्धको भ्याक्सीन ९५ हजार ४ सय,जन्म दर्ता प्रमाण पत्रबाट १ लाख २९ हजार ६ सय ५०,ल्याब ३३ लाख २४ हजार २ सय ८६,ओजेटी राप्ती लाईफ बिद्यार्थीबाट २ लाख,साझा औषधीको कोठा भाडाबाट ३ लाख ९७ हजार ३ सय ९६,सटर भाडा२ लाख ९५ हजार ६ सय ८५,युसीजी १६ लाख,८५ हजार ५ सय र ऐक्सरेबा १५ लाख ३३ हजार ८ सय ८० लगायत बिभिन्न शिर्षकबाट सेवा शुल्क लिएको सोही रकमबाट १ करोड १३ लाख ७६ हजार ५ सय २४ रुपैया आम्दानी भएकालेखा अधिकृत सोमराज डाँगीले जानकारी दिनुभयो । खर्च तर्फ विकास समिती मार्फत भर्ना भएका कर्मचारीका लागि चैत मसान्त सम्मको तलव ३५ लाख ७४ हजार २ सय ८१,भत्ता बाफत ११ लाख ६ हजार १ सय ४५,पानी बिजुली ४७ हजार,सञ्चार १७ हजार ८ सय ८२,घर भाडा ३० हजार ७ सय ९८,ईन्धन ४ हजार,मर्मत तथा सञ्चालन १ लाख ४१ हजार ८ सय १६,छपाई ३ लाख १० हजार २ सय ९९,पोसाक २ लाख ७७ हजार ५सय ,ल्याब केमिकल्स १४ लाख २८ हजार ७ सय ८,सर्जीकल मेसीन ५ लाख ६६ हजार ३२,पाटेघर हाईड्रोसील इन्सेटीभ बाफत १ लाख ४ हजार ४ सय ७५ गरि ११ करोड  ९२ लाख ९ हजार ६६ रुपैया खर्च भएको समितीका सह लेखापाल लक्ष्मणबाबु केसीले जानकारी दिनुभयो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बार्षिक बजेट तथा कार्यक्रम बाहेक अस्पतालको विकास समितीले गर्ने बिभिन्न किसीमका सेवा र त्यसबाट प्राप्त आम्दानी र खर्चको सार्बजनीकरण गर्ने क्रममा ५ महिनको अबधिमा झण्डै ३८ लाख ३० हजार ६ सय ८८ रुपैया बचत भएको अध्यक्ष बिष्णुकुमार देबकोटाले बताउनुभयो । उहाले अझै पारर्दशी र आम्दानीको श्रोत बढाउदै अस्पतालको सेवा प्रभाबकारी बनाउन सहभागिहरुसग सुझाब दिन आग्रह गर्नुभएको थियो । नेपाल सरकारले अस्पतालको सेवा प्रभाबकारी बनाउन र पूर्बाधार निर्माणका लागि यसपटक ८० लाख रुपैया बिनियोजन गरेको सुनिश्चीता पत्र प्राप्त भएको जानकारी उहाले दिष्नुभयो । तर सुनिश्चीता पत्रमा अख्तीयारी प्राप्त नभएको खर्चका लागि सीमा निर्धारण गरि स्वीकृतका लागि मन्त्रालयमा पठाउने तयारी भएको अध्यक्ष देबकोटाले बताउनुभयो । अध्यक्ष देबकोटाले पर्खाल निर्माण,पोष्टमार्टम भवनको मर्मत सुधार, ओटीको थप मर्मत र आईसीयूको मर्मत सुधार,प्रस्तुती कक्ष सम्म जाने ,ग्यारेज निर्माण ,अस्पतालको भवन पछाडीको भागमा पर्खाल निर्माण सर्टर बनाउने लगायतका योजनाको तयारी भएको जानकार िदिनुभएको थियो ।

उक्त अबसरमा अस्पताल बिकास समितीका सदस्य सुबोध डाँगीले धन्यबाद ज्ञापन र सहजीकरण नायब सुब्बा नबिन्द्र गिरीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस