अभियान चलेको १५४ औ हप्ता तर नजिककैको बसपार्कमा फोहरको डङगुर

ग्रीन तुलसीपुर क्लिन तुलसीपुरको नारा प्रत्येक मंगलबारका लागि थेगो नै भई सकेको छ । तत्कालीन तुलसीपुर उद्योग बाणिज्य संघले नेतृत्व गरेको उक्त अभियानको नेतृत्व स्थानिय तहको निर्वाचन पछि तुलसीपुर उपमहानगरपालिकाले लिएको छ । आउदो मंगलबार अभियानको १ सय ५५ औ चरणमा पुग्दैछ ।
तुलसीपुरका मूख्य बजार अर्थात क,ख र ग लाईनमा प्रत्येक मंगलबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुख,वडा अध्यक्ष, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपमहागरपालिका केही कर्मचारी, जेष्ठ नागरीक, पूर्ब प्रहरी, रोटरी, जेसीज, लायन्स क्लव,बिद्यालय,धार्मिक संघ संस्थाहरुको सहभागिता हुने गरेको छ । तर मूख्यबजार बाहेक अन्य स्थानको फोहरले भने ब्यबस्थापनको खासै अवसर पाएको छैन्  । नयाँ बसपार्क दिनहु दुर्गन्धित बनेको छ । जसका कारण आसपासका बासीन्दा,सवारी साधानमा आवद्ध मजदुर,यात्रुहरु मर्कामा परेका छन् । तुलसीपुर बसपार्क २ वर्षदेखि आधुनिक बसपार्कको रुपमा निर्माण भई रहेको छ । तर फोहरको सही ब्यबस्थापन हुन नसक्दा निर्माणधि वसपार्क फोहरले घेरीएको अबस्थामा पुगेको छ । फोहर ब्यबस्थापन हुन नसक्दा बसपार्क पुग्ने वितिकै मुख छोपेर टिकट काट्ने र बसमा यात्रा गर्न बाध्य छन् । तुलसीपुर बसपार्क टिकट काट्न पुगेका सरोज खडकाले बसपार्कमा उचित सरसफाई नभएको गुनासो गर्नुभयो ।
फोहोरले गर्दा आफुहरुलाई बसपार्कवाट यात्रा गर्न कठिनाई भएको समेत उहाँले बताउनुभयो । दुर्गन्धित बसपार्क हुदा समेत ध्यान पुग्न नसकेको गुनासो यातायात ब्यबसायीहरुको छ । ग्रीन तुलसीपुर क्लिन तुलसीपुर अभियानको नजर पुगेन पुगेन उपमहानगरपालिकाको भित्रको सरसफाई तथा वातावरण समितिले समेत बेवास्ता गरीराखेको यातायात मजदुर केशब भण्डारीले बताउनुभयो । त्रिसिद्धेश्वेरी राप्ती प्रालीका अध्यक्ष सुरेश हमालले बसपार्कमा देखिएको फोहर ब्यबस्थापनका लागि पहल गरीनुपर्ने बताउनुभयो । तत्काल फोहरलाई ब्यबस्थापनका लागि आफै पहल गर्ने उहाले बताउनुभयो । तर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ क वडा अध्यक्ष बिरेन्द्र शाहले आधुनिक बसपार्क बन्दै गरेकाले अव धेरै सयम यो अबस्था नहुने  आश्वासन दिनुभयो । बसपार्क क्षेत्रको सरसफाई गर्न सबै निकाय जिम्मेवार भएर लाग्नु पर्ने उहाको सुझाब छ ।
२०२१ सालमा अञ्चल सदरमुकाम भएको तुलसीपुर,चन्द्रमान थकालीले २०३१/३२ सालमा बजार बिस्तार भएको बजारमा २०३४/३५ सालमा बसपार्क (हालको तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडीको  भागमा) बसपार्क थियो । २०५२ साल तिर पातुखालोको किनारामा बसपार्क स्थातान्तरण गरीएको थियो । उक्त बसपार्कलाई आधुनिक बसपार्क बनाउन २०७० सालमा ३४ करोड अनुमानित खर्च लाग्नेगरी गुरुयोजना निर्माण गरिएको थियो ।पहिलो चरण अन्र्तगत टर्मिनभवन (टिकट काउन्टर), सपीङसेन्टर (पसल), सार्वजनिक शौचालय, भित्रीने र बाहिरिने सडक, विद्युतीकरण लगाएतका काम भएका छन्् ।दोस्रो चरण अन्र्तगत सेन्सेरगेट (अटोमेटीक खुल्ने र बन्द हुने ) पार्क निर्माण,पार्कीङ स्थल,घन्टा घर, टर्मीनल भवनलाई थप तीनतले बनाउने, नाला निर्माण, पुरै बस पार्क कालोपत्रे, सडक वत्ती, जडान लगाएतका काम गरिने छ । पाँच विघाह क्षेत्रफल रहेको बस पार्कलाई आधुनिक बस पार्क बनाउन नगर विकास कोषले ऋण उपलब्ध गराएको छ । 
 

प्रतिकृया दिनुहोस