बिषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य पारिदैछ ः तरुण दल

भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने सरकारले स्थगन गरेको निर्णयको नेपाल तरुण दलले बिरोध गरेको छ ।
जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै तरुण दलका केन्द्रिय कार्यबाहक अध्यक्ष उत्तम चापागाँईले आज आइतबार बिज्ञप्ती मार्फत बिरोध गर्नुभएको हो । नेपालको संबिधान २०७२ को मौलिक हकमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चिता गरेको हँुदाहुदै सत्ताको स्वार्थ हेरी भारतबाट आयातित फलफूल तरकारी बिषादी परीक्षणबिना आयात गर्ने सरकारको निर्णय आम जनताको स्वास्थ्य र जीवनप्रति गम्भीर खेलवाड गर्ने गैर जिम्मेवर र जनबिरोधी प्रबृत्ति प्रति तरुण दलले गम्भीरतापूर्वक लिएको उल्लेख गरीएको छ । 
सरकारका यस्ता प्रकारका हुचुवामा गरिएका जनबिरोधी,अपरिपक्क र बालहठबाट भएका निर्णयहरुबाट एक पछि अर्को बिबाद निम्त्याउने र मुलुक,राष्ट्रियता एवं लोकतन्त्रको खिल्ली उडाउने तथा सरकारको बिश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने भएकाले यस्ता प्रकारका निर्णय गर्दा सरकारलाई जिम्मेवारीका साथ प्रस्तुत हुनका लागि तरुण दलले ध्यानाकर्षण गराउछ,बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

प्रतिकृया दिनुहोस