संयुक्त राष्ट्रसंघ युवा सम्मेलनको अध्यक्षमा नेपाली युवती

वाशिंगटन डिसी ।  अमेरिकाको न्युयोर्कमा बस्दै आएकी नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ  ।

सयुक्त राष्ट्र संघको इतिहास मै नेपाली चेली उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन्  । पिता जगदिसमान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन्  । जोलीलले नेपाल र नेपालीको नाम उच्च पार्न सक्दो मिहेनत गर्ने बताइन् ।

जोलीले युवा सभा सयुक्त राष्ट्र संघको सबै भन्दा ठूलो तथा लामो चलिरहेको युवा सम्मेलन हो  ।

यस्ले असाधारण युवा ,संयुक्त राष्ट्र उच्च अधिकारीहरु ,कर्मचारी , निजी क्षेत्र तथा नागरिक समाजबीच साझेदारीलाई उत्पादन गराउने जोलीले बताइन् ।  उक्त पदमा  नियुक्त भएपछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सीमा नरहेको उनले बताईन  ।

आफूले संचालन गरेको सम्मेलनमा केवल ४ जना मात्रले नेपालको प्रतिनिधित्व गरेको बताईन  यिो संख्या बढ्न पनि सक्थ्यो भन्दै आगामी कार्यक्रममा नेपालको प्रतिनिधित्व बढ्नु पर्ने आफ्नो मान्यता रहेको बताइन्  ।

उनले गत अगस्त १० देखि १२ सम्म सयुक्त राष्ट्र संघको प्रधान कार्यालय न्युयोर्कमा युवा सम्मेलनमा यूवा सम्मेलनकि युवा अध्यक्षता गरेकी थिइन् । जसको मुख्य उदेश्य दिगो विकास लागि संयुक्त राष्ट्रको २०३० कार्यसूचीको कार्यान्वयनमा युवा नेता र युवा व्यवसायीलाई सशक्तिकरण गर्नु रहेको छ  ।

सभामा सन् २०१३ देखि नै नेपालको प्रतिनिधित्व गर्ने गरेको बताउदै तर छोटो समयमा बढुवा पाएको बताईन  उिनले सन् २०१५ मा आफु सह-अध्यक्ष भै समेत गरेको तर मेहनत गरेको कारण यस पटक उक्त पदमा पुगेको बताईन  ।

गत सात बर्ष देखि सयुक्त राष्ट्र संघ अन्तर्गत युएन महिला ,वर्ल्ड बैंक ,हेबी टेट फर हुमानीटि ,एक्सन एड नेपाल आदि ईत्यदिमा काम गरेको उनि संग अनुभव छ  ।  आफू नेपाली भएको नाताले नेपालका युवाहरुमा अद्भूत सम्भावना रहेको र सहि निर्देसन ,परामर्श तथा अवसर आवस्यकता रहेको बताईन  ।

अमात्य युएस नेसनल कमिटि फर वुमेनको कार्यकारी अर्थ समिति तथा व्हाइट हाउसको एएपी आइ युथ फोरम तथा एसियन अमेरिकन प्यासिफिक आई ल्यानडर्समा काम गर्ने मौका पाएको बताइन् ।

उनलाई ग्लोबल कनेक्सन फर वुमेन फाउन्डेसन भन्ने संस्थाले गत बर्ष २०१५ मा योङ्ग ग्लोबल लिडर एचिभमेन्ट पदकले सम्मान गरेको थियो  ।

अमात्य गैर मुनाफा सामाजिक संस्था कमिटि अफ द स्टाटस अफ वुमेनको युवा व्यवसायिक हुन् भने उनले कमिटि अफ द स्टाटस अफ वुमेनको नेपालको प्रतिनिधित्व समेत गरेकी छिन् ।

युएन प्रधान कार्यालयमा सन् २०१२ देखि २०१६ सम्म निरन्तर रुपमा प्रतिनिधित्वगर्न पाएकोमा नेपाली भएको नाताले गौरव लागेको बताईन ।   उनलाई सयुक्त राष्ट्र संघ मा पटक पटक वक्ताको रुपमा निमन्त्रणा आई रहने उनको भनाइ छ ।

नेपालमा जन्मिएकी जोली काठमाडौँ सेन्ट मेरिज उच्च माध्यमिक मा पढेकी हुन्  सिन् २००७ मा महिलाको आवाज भन्ने उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गर्ने भाग्यशाली युवा हुन् जुन समयमा उनी बिध्यालयमा अध्ययनरत थिईन   ।

प्रतिकृया दिनुहोस