फाईवर टु द होम तुलसीपुरमा शुरु

नेपाल टेलिकम दुरसंचार कार्यालय तुलसीपुरले भोली शुक्रबारदेखि तुलसीपुरका विभिन्न स्थानमा एफ टिटि एच् (फाइवर टु द होम)  संचालन गर्दैछ । सेवाग्राहीहरुको सहजताका लागि तुलसीपुरको डुम्रीगाउँ, टरिगाउँ, हात्तीाखौवा, दमारगाउँ क्षेत्रमा एफ टिटि एच् सुरु गर्ने उक्त कार्यालयले जनाएको छ । सेवाग्राहीहरुका लागि डाटा र भ्वाइस कलका लागि सुविधा हुने र पछि टेलिभिजन पनि हेर्न सकिने नेपाल टेलिकम दुरसंचार कार्यालय तुलसीपुरका प्रमुख चन्दन झाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर वजार क्षेत्रमा कतै पहिले नै सुरु भइसकेको र नभएको ठाउँमा विस्तारै सुरु गर्ने योजना रहेको छ । जहाँ नेटवर्कको समस्या छ त्यस्ता स्थान छनोट गरेर यो सेवा सुरु गर्न लागिएको हो उहाँले भन्नुभयो । एफ टिटि एच् सुरु भएको केही समयपछि फोजी सेवा पनि सुरु गर्ने बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस