तुलसीपुर नगरको समिक्षा

तुलसीपुर उपमहानगरपालिकाले समिक्षा तथा सार्बजनिक सुनुवाई गरिएको छ । आर्थिक बर्ष २०७५÷७६ मा भएका कार्यक्रमहरुको समिक्षा तथा सार्वजनिक सुनुवाई गरिएको हो ।
नगरप्रमुख घनश्याम पाण्डेले २०७४ असार २५ गते स्थानीय तहको जिम्मेवारी पाएदेखिको ६६ वटा शिर्षकका सम्पादन गरेको र आगामी दिनमा गरिने कामको जानकारी दिनुभएको छ । एक अर्व ५७ करोड ४१ लाख ९१ हजार २ सय ७ रुपैया बजेट बिनियोजन गरीएकोमा राजस्व संकलन अपेक्षाकृत हुन नसक्दा विकासको काम गर्न समस्य भएको उहाले जानकारी दिनुभयो । केन्द्र र प्रदेशबाट प्राप्त हुने रकम समेत हालसम्म नआउदा अर्को समस्या भएको उहाले जानकारी दिनुभयो । जुन कुल रकमको बजेटको ६८ प्रतिसत हुनु आउँछ ।
यसवर्ष राजस्व संकलन १४ करोड लक्ष्य राखिएकोमा ८ करोड ८ लाख ६३ हजार ७६ हजार मात्र संकलन गरिएको छ । उहाले भन्नुभयो,यो आर्थिक बर्षमा विनियोजन गरिएका १४ सय ७६ योजना मध्ये १ हजार ८२ योजना सम्पन्न भएका नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो । अव बाँकी ३ सय ९४ योजनाहरु सम्झौता भएर काम अगाडी बढेको उक्त कार्यक्रममा जानकारी गराएको थियो । उक्त कार्यक्रममा सहभागीहरुले नगरप्रमुख पाण्डेसँग २ बर्षको यो समयमा तुलसीपुर नगरवासीलाई अनुभूति हुने खालका काम हुन नसकेको,भाषाण र शासन पद्धतीमा एकरुपता आउन नसकेको,आश्वासन मात्र बाडिएको,रातको समयमा सडक बत्ती बल्दैन,खानेपानिको हाहाकार लगायतका गुनासो गरेका थिए । पत्रकारहरु सुशील बस्नेत, गणेश आचार्य,नारायण खड्का र नारायण भण्डारी,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का बासी तनोज वली लगायत कयौ नगरबासीले जिज्ञासा राख्नुभएको थियो । तर नगरप्रमुख पाण्डेले स्मार्ट सीटि एउटा प्रक्रिया भएकाले तत्कालै अनुभूति गर्न नसकिने जवाफ दिनुभएको थियो । उहाले हतार नगर्न नगरबासीलाई आग्रह गर्नुभएको थियो । सबै नागरीकको सहयोग र साथ प्राप्त गर्न सकियो भने आफुले प्रतिबद्धता गरेको कुरा पुरा गर्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो,कहिले काही सकारात्मक बिषयलाई नकारात्मक ढंगले पनि प्रस्तुत हुने गरेको बताउनुभयो । अझै सुधार गर्नुपर्ने काम धेरै भएकोले बिस्तारै ब्यबस्थीत हुने आश्वासन समेत दिनुभयो । कार्यक्रमको सहजिकरण बसन्त बिबस आचार्यले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस