बन्दको प्रभाब दाङमा पनि

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि परेको छ । लामो तथा छोटो दुरीका सवारीका साधन सञ्चालनमा आएका छैनन् । शिक्षण संस्था बन्द भएका छन् । कलकारखाना,पसलहरु बन्द भएका कारण स्थानिय बजारमा चहलपहल निकै कम छ । बन्दकर्ताहरु कहि कतै पनि देखा नपरेपनि हिजो राजधानीमा भएका बिष्फोटका घटना र ४ जनाको ज्यान जाने र ७ जना घाईते हुने गरि भएको घटनका कारणले पनि जनजीवन प्रभाबित भएका अनुमान गरिएको छ । पूर्वबाट पश्चिम तर्फ जानका लागि आएका सवारीका साधनलाई स्कर्टिङ गरेर दाङ प्रहरीे गन्तव्यमा पठाएको छ ।वडा प्रहरी कार्यालय लमहीका अनुसार करिब २ सय सवारीका साधनलाई सुरक्षा दिएर गन्तव्य तर्फ पठाईएको छ । दाङमा कुनैपनि अप्रिय घटना भने भएको छैन । तर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले छिमेकी प्रदेश कर्णालीको राजधानी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले आज सोमबार बिहान आगजनी गरेका हुन् ।हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर बसका स्टाफ र सबै यात्रुहरुलाई ओरालेर आगजनी गरेका   थिए ।आगजनीबाट बस पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । बस आगजनी भएको ठाउँ नजिकै शंकास्पद वस्तु पनि फेला परेको थियो ।

प्रतिकृया दिनुहोस